एक्सक्लुसिभ : अमेरिकामा २०१७ मा ओभरस्टे हुने १२४९ नेपाली खोज्दै होमल्याण्ड सेक्युरिटी


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा विभिन्न भिसामा आएर ओभरस्टे हुनेहरुमाथि निशाना सुरु गरेको छ । जसमध्ये आर्थिक बर्ष २०१७ मा ओभरस्टे हुने १२४९ जना नेपालीहरु समेत रहेका छन् ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

अमेरिकामा सन् २०१७ मा ओभरस्टे हुने १२४९ नेपालीहरुले आफ्नो भिसा थपेको वा स्टेटस एड्जस्ट गरेको तथा त्यसका लागि आवेदन दिएको प्रमाण आफूहरुसँग नरहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । उनीहरु स्वत कागजपत्रविहिन बनेर देशनिकालाको जोखिममा परेका छन् । उनीहरुलाई देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रकृया सुरु गरिसकेको छ ।

दुईबर्षमा १५१७ नेपाली विद्यार्थी अमेरिकामा ओभरस्टे

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१७ मा ३५५६ जना नेपाली विद्यार्थीहरुको भिसा समाप्त भएकोमा ७१२ जना विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएर कागजपत्रविहिन भएको अमेरिकी सरकारले जनाएको छ । त्यस्तै आर्थिक बर्ष २०१७ मा भिजिटर लगायतका भिसामा आएर भिसा सकिएर फर्कनुपर्ने २४ हजार २ सय ४० नेपालीहरुमध्ये ४५० जना अमेरिकामा ओभरस्टे भएर कागजपत्रविहिन भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

विद्यार्थी र भिजिटर बाहेक अन्य गैर आप्रवासी भिसामा अमेरिका आएका नेपालीहरुमध्ये सन् २०१७ मा १८९० को भिसा समाप्त भएकोमा उनीहरुमध्ये ८७ जना अमेरिकामा ओभरस्टे भएर बसेको सरकारी तथ्यांक रहेको छ । ओभरस्टे हुने ती नेपालीहरुले कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएको नदेखिएकाले पाउनसक्ने अध्यागमन सुविधाका विकल्पबारे कानुन व्यवसायीसँग छलफल गर्न सक्नेछन् । अन्यथा उनीहरुले देशनिकालाको सामना गर्नुपर्नेछ ।

तपाईलाई अमेरिकामा कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com