कतारमा हुने विश्वकपपछि यो रंगशाला कतारले नेपाललाई उपहार दिने, बुटवल र पोखरामा मध्य एकठाउँमा राखिने


प्रकाशित मिति : श्रावण १९, २०७५ शनिबार

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले नेपाललाई रंगशाला उपहार दिने इच्छा देखाएको छ। विश्वकप खेलाइनेमध्ये एक रंगशाला उसले नेपाललाई उपहार दिने संकेत देखाएको हो।

कतारमा विश्वकप फुटबलका लागि १२ वटा रंगशाला निर्माण भइरहेका छन्। त्यसमध्ये केही स्थानान्तरण गर्न मिल्ने किसिमका छन्। स्थानान्तरण गर्न मिल्ने रंगशाला कतार सरकारले विश्वकपपछि अविकसित देशलाई हस्तान्तरण गर्ने योजना बनाएको छ। जसमा नेपालको पनि सम्भावना छ।

छलफलका क्रममा कतारी अधिकारीहरुले रंगशाला उपहार दिने मनसाय देखाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए। ‘छलफलका क्रममा रंगशाला उपहार दिने कुरा भएको छ, तर उताबाट निर्णय भइसकेको छैन,’ सचिव दाहालले नेपाल लाइभसँग भने।

विश्वकपपछि कतारमा १२ वटा रंगशाला उपयोग नहुने भएकाले केही रंगशालाहरु उपहार दिन लागिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबारे परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयका अधिकारीहरुसँग समेत काठमाडौंस्थित कतारी दूतावासका अधिकारीहरुले छलफल गरिसकेको स्रोत बताउँछ। पोखरा वा बुटवलमा सो रंगशाला राख्नेबारे समेत छलफल भइसकेको छ।

कतारका सबैजसो रंगशाला निर्माणमा हजारौं नेपाली श्रमिक सहभागी भएकाले पनि कतारले नेपाललाई रंगशाला उपहार दिने सम्भावना छ। ‘यसका लागि हाम्रो कूटनीतिक पहल पनि उत्तिकै महत्वपूर्ण हुनेछ।’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने। श्रोत नेपाल लाइभ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com