अस्ट्रेलियाको भिषा लागेपछि मनकामना दर्शन गर्न जाँदा दुर्घटनामा परि मृत्यु भएका सुमित सहित उनकी आमा र बहिनी सधैका लागि अस्ताए


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

सुन्नेलाई एउटा घटना भयो सकियो । तर भोग्नेलाई भने जिवनभरीका लागि ठूलो घाउ दिएर गएको हुन्छ । अहिले त्यस्तै घाउ दिएको छ तनहुँ भन्सारस्थित सतिघाटका प्रेमकुमार श्रेष्ठलाई । केही दिन अघि काठमाडौंवाट पोखरा आउँदै गरेको बस दुर्घटनामा उनको परिवारका तीन जना गुमे । उनका भाई घाइते अवस्थामा आइसियुमा उपचार भइरहेको छ ।

साउन ११ गते काठमाडौंबाट पोखरा हुँदै स्याङ्जाको लागि छुटेको ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिकास्थित चुम्लिङटारमा दुर्घटनामा हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुने एकै परिवारका ४७ वर्षीया कमला श्रेष्ठ उनको छोरा वर्ष २७ को सुमित र छोरी १९ वर्षीय कविना हुन्। परिवारका तीन जनाको मृत्यु भएपछि सबै भन्दा नजिकका उनका आफन्त कमलाका पतिले पनि किरिया गर्न पाएनन् । उनी पनि गम्भिर घाइते भएका कारण आइसियुमा उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमलाका श्रीमान् ५१ वर्षीय विष्णुकुमारको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको हो ।परिवारमा जतिसुकै ठूलो विपत्ती परेपनि हामीलाई सामाजिक संस्कार र धार्मीक परम्परा निभाउनु नै पर्छ । सोही मान्यता अनुसार अहिले सो परिवारमा किरिया बसेका छन् कमलाका जेठाजु प्रेमकुमार श्रेष्ठ ।

दुर्घटनामा परी एकैघर परिवारका तीनजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–१ भन्सार बजारका बासिन्दा शोकमा डुबेका छन्। उक्त दुर्घटनापछि भन्सार गाउँमा सन्नाटा छाएको छ।

सो दुर्घटनाले एक २७ वर्षीय युवाको सपना पनि तुहिएको छ । काठमाडौं बस्दै आएका श्रेष्ठ परिवार छोरा सुमितको अस्‍ट्रेलियाको लागि भिसा लागेको थियो । उनी सबै प्रकृया पुरा गरेर आफन्तसंग भेटघाट गर्ने काममा ब्यस्त थिए । त्यसैका लागि उनी पुख्र्यौली घर आएका थिए । ‘अस्‍ट्रेलिया जाने भनेर सबै काम सेकर सुमितले गाउँका सबैलाई भेट्छु भनेछ, उसैले सबैलाई ल्याएको रहेछ’ लालकुमारले भने, ‘न ऊ गाउँ आइपुग्न पायो। न उसले अस्‍ट्रेलियामा पढेर बा आमालाई खुसी राख्न पायो। सबै सपना सिद्धियो।’

किरिया बस्दै गरेका प्रेमकुमारलाई अब अर्काे पीडा छ भाई अस्पतालवाट डिस्चार्ज भए पछि उनलाई कसरी सम्हाल्ने । अस्पतालको बेडमा मृत्युसंग लडिरहेका उनका भाईले परिवारमा परेको त्यो बज्रपात सहन सक्छन् कि सक्दैनन् भन्ने चिन्ताले लालकुमारलाई पिरोलेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com