नेपाली युवा अस्ट्रेलियन राष्ट्रिय फुटबल टोलीमा


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे अस्ट्रेलियाको यु १९ राष्ट्रिय टोलीमा छनोट हुन सफल भएका छन्।

नेपाली मुलका बाबु श्री नापीत र आमा प्रतिक्षा पाण्डेका जेठा छोरा प्रतिक सानै उमेरदेखि फुटबलमा होमिएका थिए। सिड्नीका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएको प्रतिकले स्कुल, क्षेत्र ,राज्यस्तरीय छनोट र प्रतियोगिताको आफ्नो कुशल प्रर्दशनपछि युथ १९ स्कुल राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

अग्रपंक्तीमा खेल्ने प्रतिकको खुबी भनेको बललाई सटिक प्रहार र प्रतिद्धन्द्धीको पोष्टमा अचुक निशानानै महत्वपूर्ण रहेको उनको खेललाई नजिकबाट नियाल्नेहरु बताउछन्। सीड्नीको म्यानली युनाइटेडवाट नेशनल प्रीमियर डिभिजन वन खेलिरहेका प्रतिकले अब अस्ट्रेलियाको राष्ट्रिय पोशाक भिर्ने मौका प्राप्त गरेका छन्।

‘‘हामी जस्तो प्रवासीहरुको लागि यो सबैभन्दा खुसीको कुरा हो, एउटा नेपाली ठिटोले अस्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु सबैका लागि गर्वको बिषय पनि हो,’ प्रतिकका पीता तथा पुराना फुटबलर श्री नापीतले सेतोपाटीलाई बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिकले केही महिनामै एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा बेलायत,आयरल्यान्ड र स्कटल्यान्डसँंग खेल्ने पाउने भएका छन्। युथ १९ राष्ट्रिय टोली छनोटको आधारका रुपमा पनि लिइने हुनाले प्रतिकको यो पहिलो खुटकिलो निकै महत्वपूर्ण रहेको श्री नापीतको ठहर छ।

यसमा प्रतिकले उत्कृष्ट प्रर्दशन गर्यो भने राष्ट्रिय टोलीमा समेत अवसर पाउन सक्छ, यसैले पनि यो महत्वपूर्ण अवसरका रुपमा हामीले लिएका छौ, श्रीनापीतले सेतोपाटीलाई बताए।

प्रतिक सानैदेखि फुटबलमा रुचि राख्ने र यसमा दत्तचित्त भएर लागेको धेरै भैसकेको छ, उसको उद्धेश्य भनेकै ब्यवशायीक फुटबलर बन्ने हो, नापीतले सुनाए। आरसीटीबाट फुटबल खेलेका श्री नापीतलाई छोराको यो फड्कोले निकै ठूलो खुसी दिलाएको छ। ‘यो उसको इच्छा र परिवारको सहयोगबाट सम्भव भएको हो,’ नापीतले बताए।

अस्ट्रेलियामा फुटबलमा लागिपरेका पुराना फुटबलर राजु मानन्धर प्रतिकको सफलताले नेपाली समुदाय गौरवान्बीत भएको बताउँछन्। एउटा नेपालीको छोराले अस्ट्रेलियाको राष्ट्रीय जर्सी लाउन पाउनु चानचुने कुरा होइन, यो सम्भवत हाम्रो समुदायको पहिलो महत्वपूर्ण छलाङ हो अस्ट्रेलियाको खेलकुदमा, अखिल नेपाल फुटबल संघका पूर्वकोषाध्यक्ष समेत रहेको मानन्धरले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com