३० दिनभित्र परिवार एकजुट गराउन अमेरिकी सरकारलाई अदालतको आदेश


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

सिमाक्षेत्रबाट हिराशतमा लिइएका कागजपत्रविहिनहरुका परिवारलाई ३० दिनभित्र एकजुट गराउन अदालतले अमेरिकी सरकारलाई आदेश दिएको छ । क्यालिफोर्नियाको सान डिएगोका संघीय न्यायाधिसले अमेरिकन सिभिल लिबर्टीज युनियनको अनुरोधमा त्यस्तो आदेश दिएका हुन् ।

आदेश अनुशार ५ बर्षभन्दा मुनीका बालबालिकाहरुलाई १४ दिनभित्र उनीहरुका बाबुआमाका साथमा दिइसक्नुपर्नेछ भने त्योभन्दा माथिका उमेरका बालबालिकाहरुलाई ३० दिनभित्र बाबुआमाको साथमा दिनुपर्नेछ । १० दिनभित्र परिवार एकसाथ नभएका बाबुआमाहरुले आफ्ना छोराछोरीहरुलाई आफ्नो साथमा बोलाउन पाउने अधिकार दिइएको छ ।

सिमाबाट छिरेका ६ हजार कागजपत्रविहिन बालबालिका अमेरिकी सरकारसँग सम्पर्कविहिन

अमेरिकी सरकारले बाबुआमा वा आफन्तसँग नाता प्रमाणित नभएको, बाबुआमासँग राख्दा बालबालिका जोखिममा पर्नसक्ने लगायतका कारण देखाउँदै सिमाक्षेत्रमा हिराशतमा लिइएका कैयन कागजपत्रविहिन बालबालिकाहरुलाई छुट्टै हिराशतमा राख्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सिमाक्षेत्रमा परिवारलाई छुट्याउने सोलोडोलो नीति भने नभएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्पष्ट पारेको छ । तर हिराशतमा रहने बालबालिकाहरुको संरक्षण गर्ने दायीत्वका कारण निश्चित परिस्थीतिमा बालबालिकाहरु र जवानहरुलाई अलग अलग हिराशतमा राख्ने नीति भएको सरकारले स्पष्ट पारेको छ ।

कागजपत्रविहिन बालबालिकालाई बाबुआमाबाट नछुट्याउन ट्रम्पको आदेश

खासगरी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जवान र बालबालिकाबीचको पारिवारिक सम्बन्ध पुष्टी गर्न नसकेको खण्डमा उनीहरुलाई अलग अलग राख्ने गरिएको बताउँदै आएको छ । कहिलेकाँही बाबुआमा र छोराछोरीबीचको सम्बन्ध पुष्टी गर्ने प्रयाप्त आधार र कागजात नहुँदा बाबुआमा र छोराछोरीहरु अलग अलग हिराशतमा बस्नुपर्ने अवस्था आउने गरेको सरकारी तर्क छ ।

 

अमेरिकामा आप्रवासी बालबालिकाहरु अध्यागमनको पिन्जडामा, ओढ्नलाई फोइलका च्यादर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com