नेइमारको चुनौती सर्वियालाई रोक्ने, ब्राजिलको परीक्षा आज राती


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

गत राती नाइजेरियालाई २–१ ले हराएर अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेपछि आज ब्राजिलको परीक्षा हुँदैछ। समूह ‘एफ’ मा रहेको ब्राजिलले अघिल्लो एक खेल जितेको छ भने एक खेलमा उ बराबरीमा रोकिएको थियो।

त्यसैले दोस्रो चरण प्रवेशका लागि ब्राजिलले आज राती ११ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा सर्वियालाई जसरी पनि रोक्नु पर्ने हुन्छ। चोटग्रस्त स्ट्राइकर नेइमार कोस्टा रिकाविरूद्ध अघिल्लो खेलमा फर्ममा फर्किएपछि ब्राजिल झन बढी आक्रामक हुने स्पष्ट छ। नेइमारले कोस्टा रिकाविरूद्ध अन्तिम समयमा गोल गरेका थिए। बार्सिलोनामा आवद्ध भएका आक्रामक मिडफिल्डर फिलिप काउटिन्हो पनि फर्ममा छन्।

ब्राजिल आफ्नो समूहमा ४ अंक बटुल्दै गोलअन्तरको आधारमा अगाडि छ। उसलाई स्विट्जरल्यान्डले ४ अंकका साथ दोस्रो स्थानमा पछ्याइरहेको छ। आजै स्विट्जरल्यान्डले पनि दोस्रो चरण प्रवेशका लागि कोस्टा रिकासँग खेल्ने छ। सर्विया तीन अंक बोकेर तेस्रो स्थानमा छ। यी तीन देशको दोस्रो चरण प्रवेशको सम्भावना रहेको हुँदा आजको भिडन्तलाई त्रिकोणात्मक मान्न सकिन्छ।

सर्वियाले ब्राजिल माथि जित हात पारेको खण्डमा ६ अंकका साथ उ दोस्रो चरण प्रवेश गर्ने छ। यस्तो अवस्थामा स्विट्जरल्यान्डले बराबरी मात्र खेलेको खण्डमा ब्राजिल पहिलो चरणबाटै बाहिरिने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्विडेनको तीन गोल मेक्सिकोको पोस्टमा ,संकटमा जर्मनी

ब्राजिली प्रशिक्षक टेटे सर्वियाविरूद्धको खेल कडा भएपनि नतिजा आफ्नो पक्षमा आउने बताउँछन्। उनले आज पुरानै टिमलाई मैदानमा उतार्दै छन्। डानिलो खुट्टाको पाखुरामा चोट बोकेपछि टिमबाट बाहिरिएका छन् भने डगलस कोस्टाको पनि ह्यामस्ट्रिङ समस्या देखिएको छ।

सर्वियाका ६ खेलाडी अघिल्लो खेलमा पहेँलो कार्डको सिकार भएका थिए। तरपनि प्रशिक्षक माल्डेन क्रास्टाजिक ब्राजिलविरूद्धको खेलमा जोखिम उठाउन चाहदैनन्। त्यसैले उनी पहिलेकै सेटका साथ खेलको सुरुवात गर्न चाहन्छन्।

स्विट्जरल्यान्डविरूद्धको खेलमा जर्मनी रेफ्री फेलिक्स ब्राचले पेनाल्टीको गलत निर्णय दिएको भन्दै प्रशिक्षक क्रास्टाजिक र सर्वियाली फुटबल संघका अध्यक्ष स्लाभिसा कोकेजाले ले सर्वियाली पत्रकारहरूसँग आलोचना गरेका थिए। फिफाले यी दुवैलाई ५ हजार स्विस फ्रयांकको दण्ड सुनाएको छ। यस्तै, सर्वियाली दर्शकले मैदानमा भेदभावपूर्ण टिप्पणीसहितको ब्यानर प्रदर्शन गरेपछि फिफाले सर्वियाली फुटबल संघलाई थप ५४ हजार स्विस फ्रयांक दण्ड सजाय सुनाएको छ।

जर्मनी विश्वकपबाट बाहिरियो, ८० वर्षपछि पहिलो चरणमै सीमित

ब्राजिलले पछिल्लो २१ खेलमध्ये एकमा मात्र पराजय भोगेको छ। उसले यसअवधिमा विपक्षीविरूद्ध ४७ गोल गरेको छ भने पाँच गोल मात्र खाएको छ। सर्विया स्वतन्त्र नहुँदा युगोस्लाभियाको झन्डामा खेलिएको विश्वकपको ४ खेलमध्ये दुवैले १–१ जित र २ बराबरी खेलेका थिए। स्वतन्त्र देशको रुपमा सर्वियाले २०१४ मा ब्राजिलसँग मैत्री खेल खेलेको थियो। जसमा सर्विया १–० ले पराजित भएको थियो।

ब्राजिली टिममा नेइमार सवैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। पेले (७७) र रोनाल्डो (६२) पछि ब्राजिलबाट सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी बनेका नेइमारले ८७ अन्तर्राष्ट्रियमा ५६ गोल गरिसकेका छन्। पछिल्लो १७ खेलमा उनी १८ गोलमा प्रत्यक्ष संलग्न देखिएका थिए। उनले यसअवधिमा १० गोल आफैले र ८ वटा गोल अरुका लागि मिलाइदिएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com