बाल्टिमोरमा भब्य साकेला


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

-सुरेश चाम्लिङ्ग

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोखा अमेरिका )केन्द्रिय समिति र डी एम भी पी (डी सी ,मेरिल्याण्ड,भर्जिनिया,पेन्सिल्भानिया )लोकल च्याप्टरको संयुक्त आयोजनामा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भब्य रुपमा साकेला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुदै नेपालको लागी अमेरिकी राजदुत डा अर्जुन कार्कीले किराती राई हरुको सस्कृति साकेला चाड किराती राई हरुको मात्र नभएर अब संसार भरी नेपालीको पहिचान र नेपाली चाड भएको छ भन्नु भयो । उहाले मातृभूमिबाट जतिनै टाढा भए पनि आफ्नो भेसभुसामा किराती राई भाइ बैनी हरु सजिएको देख्दा अब यसले बिस्वब्यापीरुप लिएको बताउनु भयो।

सभापतिको आसनबाट बोल्नु हुदै अर्गनाइजेसनका सभापति बिष्णु राईले किरात भूगोल ,इतिहास ,सभ्यता र पहिचान भएको हुदा नेपालको क्षेत्र न १ किरात प्रदेश नामकरण हुनु पर्छ भन्नु भयो । उहाले साकेला चाड अब कुनै देशको सिमानाले छेक्न नसक्ने भएकोले अन्तररास्ट्रियकरण भएको छ भन्नु भयो । बाल्टिमोर काउन्टी हाउस डेलिगेट्स तथा बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्यान्डीडेट जोनी ओल्गेस्किले साकेलाको शुभकामना दिनु हुदै बाल्टिमोर काउन्टीमा यो सस्कृति भेस भूसा देख्दा गौरबको अनुभूति भएको बताउनु भयो । उहाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का वक्ता अमेरिकाका पुर्व एन आर एन सभापति तथा अर्गनाइजेसनका वर्तमान सल्लाहकार शिब कुमार राइले किराती हरु जहाँ रहे पनि आफ्नो सस्कृति बचाई राखन र उक्त सस्कृतिलाई भावी पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने हुनाले बिदेशी भूमिमा पनी साकेला (भुमि पुजा ) गरिएको र यस प्रति युवा पुस्ताको आकर्सण बढ्दै गएको कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रमको को-अर्डिनेटर तथा अर्गनाइजेसनका पुर्व केन्द्रिय सभापति मिलन राईले स्वागत भासन गर्नु हुदै अति व्यस्त समयमा पनि कार्यक्रममा सहभागी हरुलाई धन्यवाद दिनु भएको थियो ।

अर्गनाइजेसनको मिडिया को -अर्डिनेटर सुरेश चामलिंगले साकेला चाडमा नेपालमा दिदै आएको बिदा सरकारले कटौती गरेमा खेद व्यक्त गर्नु हुदै साकेला लाई पर्व ,चण्डी, फागु नभनी दिन आग्रह गर्नु भयो साथै मुन्धुम तत्कालिन अवस्थाको बिज्ञान तथा नियम ,कानुन भएको कुरा बताउनु भयो । अर्गनाइजेसनका पुर्व महासचिव प्रेरणा राईले साकेलाको महत्व माथि प्रकाश पार्नु हुदै उभौली र उधौलीको बारेमा अर्थ्याउनु भएको थियो । डी एम भी पी च्याप्टरका बोर्ड चेयर प्रकाश राईले शुभ कामना दिनु हुदै साकेला नेपाली हरुको महान चाडको रुपमा बिकसित भएको हुनाले संसारका हरेक कुन कुनामा फैलिएको कुरा बताउनु भयो ।

नेपाली र अमेरिकाको रास्ट्रिय गीत संगै भुमि पूजाबाट शुरु भएको उक्त कार्यक्रममा न्यु इंग्ल्याण्ड च्याप्टर ,डी एम भी पी च्याप्टर र न्यु योर्क च्याप्टरले साकेला सिली प्रस्तुत गरेका थिए । कार्यक्रमको मध्यान्तरमा शिरैमा सिरबन्दि बोलको गितमा न्यू योर्कबाट आउनु भएका कलाकारहरु श्रीमती सजना राई र शुश्री श्यारोन राईद्वारा प्रस्तुत युगल नृत्यले दर्शकहरूलाई अत्यन्तै मनोरन्जित बनाईएको थियो । नेपालबाट आउनु भएको कलाकार गायिका आभा मुकारुङ्गको गीतले दर्शक लाई मनोरंजन दिलाएको थियो । त्यस्तै प्रकाश राई ,चन्द्र राई, राजेन्द्र राई लगाएतले गित प्रस्तुत गरेर माहौल तताउनु भएको थियो ।

गुन्यू चोली, ढाकाको सल, सिरबन्दी, चेप्टे सुन ढुङ्ग्री बुलाकी र दौरा सुरूवाल लगायतका किरांत राई पहिरनमा सजिएका युवा युवतिहरूको सिली प्रस्तुत गर्ने जोसलाई दर्के पानीले छेक्न सकेको थिएन । साकेला सिलीको न्यु इंग्ल्याण्ड च्याप्टरको संयोजन धौलबीर राइले गर्नु भएको थियो भने डी एम भी पी च्याप्टरको मन्जित राई र न्यु योर्क च्याप्टरको संयोजन सुख राज राईले गर्नु भएको थियो । शेखर राई र मारिया राईको संयुक्त उद्घोसणमा भएको उक्त कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधि हरु सहित बाना (BANA) का सभापति अनु वन्त,आदिवाशी जनजाति महिला महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष कुशुम भट्टचनको समेत उपस्थिति थियो ।

किरात राई हरुको नक्छुंग सहित अन्तमा सहभागी सबैले साकेला नाचेर कार्यक्रम समापन गरिएको थियो । सोहि अवसरमा अघिल्लो दिन अर्गनाइजेसनको साधारण सभा होटल म्यारीएटको हलमा सम्पन्न भएको थियो । विभिन्न लोकल च्याप्टरको प्रगति प्रतिवेदन च्याप्टरको अध्यक्षहरुले प्रस्तुत गर्नु भएको थियो । अर्गनाइजेसनको न्यु इंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ति नारायण राइले च्याप्टरको प्रगति प्रतिवेदन सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त सभामा केन्द्रिय उप सभापति मुना राईले बिगतको समिक्षा गर्नु हुदै भावी प्लानको रुपमा मिसन २०२० को प्रस्ताव ल्याउनु भएको थियो । क्त मिसन २०२० मा साकेला भुमि खरिद तथा समाधिस्थलको ब्यबस्थापन समेतको प्रस्ताव राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com