लोपोन्मुख जाति लाप्चाको बसोवासस्थल अलपत्र, संरक्षण र प्रचारप्रसार गर्न माग


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

बैशाख १६, इलाम । इलामको पूर्वी भेगमा न्यून संख्यामा बसोवास गर्ने लोपोन्मुख लाप्चा जातिको बसोवासस्थल अलपत्र परेको छ ।

इलाम सदरमुकाम नजिकै रहेको गोदकको असलेखोला किनारमा परापूर्वकालदेखि बसोबास गर्दै आएका लाप्चा जातिको गुफा, ओखल ढुंगा, जाँतो भएको ठाउँ संरक्षणको अभावमा अलपत्र परेका हुन् ।

ऐतिहासिक स्थल संरक्षणको अभावमा ओझेलमा समेत पर्दै आएका छन् ।

लाप्चाहरुले आफूहरुको बसोबास रहेको स्थान, चमेरे गुफा, असले झरनालगायतका ठाउँको संरक्षण र प्रचारप्रसार गर्न माग गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बौद्ध धर्मावलम्बी लाप्चा जातिको आफ्नै पहिरन छ । नेपालमा लाप्चा जातिको जनसंख्या करिब ३ हजार ४ सय ४५ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com