ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमाले निर्णय


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

नेकपा एमाले स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

स्थायी कमिटीको आज ललितपुरको मानभवनमा बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाएलगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गर्नका लागि यो निर्णय भएको एमाले नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ ।एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com