राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो ।

लामाको आइतबार देखिनै फिजियोथेरापि शुरु गरिने र उनी उपचारपछि ६ देखी ८ महिनामा खेल मैदानमा फर्कने डा. पाण्डेले बताए।

धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com