भक्तपुरमा एक महिला मृत फेला
प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार
माघ २६, नगरकोट । आज बिहान भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भई हाल चाँगुनारायण–६, खरिपाटीस्थित बँेसी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृतावस्थामा टहरा नजिकै फेला परेकी हुन ।
उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताए ।





