काठमाडौंका अस्पतालमा प्रहरीको छापा, २० जना ‘नक्कली डाक्टर’ पक्राउ
प्रकाशित मिति : १५ माघ २०७४, सोमबार
माघ १५, काठमाडौं । प्रहरीले काठमाडौंबाट २० जना नक्कली डाक्टर पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सिआईबी०ले राजधानीका तीनवटा अस्पतालमा छापा मार्दा २० जना विदेशी अनधिकृत डाक्टर ९क्वाक० पक्राउ परेका हुन् ।
आज नेपाल मेडिकल काउन्सिलको सहकार्यमा सिआइबीले राजधानीका तीनवटा अस्पतालमा छापा मारेको थियो ।
मेडिकल काउन्सिल स्रोतले बताएअनुसार चीन तथा अन्य देशको लगानीमा सञ्चालित अस्पतालमा छापा मारिएको थियो । पक्राउ पर्नेमा अधिकांश चीन, अष्ट्रेलिया र अमेरिकाका नागरिक छन् ।
नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलबाट अनुमति लिनुपर्छ । तर, पक्राउ परेकाहरुले अनुमति नलिई बिरामी जाँच्दै आएको स्रोतले बताएको छ ।
काउन्सिलका एक अधिकारीले भने, “यो शुरुआत मात्र हो । नक्कली डाक्टर विरुद्धको हाम्रो अभियान जारी रहनेछ ।”
यही सम्बन्धमा नेपाल चिकित्सक संघले कानून विपरीत अनधिकृत रुपमा बिरामी जाँच्ने काममा संलग्न अस्पताल र डाक्टरमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
संघका महासचिव डा लोचन कार्कीद्वारा जारी गरिएको विज्ञप्तीमा कानून विपरित चलेका र दर्ता नभएका अस्पताल र डाक्टरलाई कारबाही गर्न माग गरिएको छ ।





