विदेश पठाइदिन्छु भनेर करोडौँ ठगी गर्ने एक जना पक्राउ


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

माघ ५, काठमाडौं । जापान अमेरिका लगायतका देश पठाइदिन्छु भनेर करोडौँ ठगी गर्ने एक जनालाई पहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट थानपती ९ का पारस लोहनी रहेका छन, उनलाई प्रहरीको महानगरीय अपराध महाशा टेकुको टोलीले सोह्र खुट्टेबाट पक्राउ गरेको हो। लोहनीले जापान, पोर्चुगल, अमेरिका जस्ता देशमा पानीजहाजमा आर्कषित तलब हुने भन्दै विभिन्न ३३ जनाबाट ७ देखि ३५ लाख गरी २ करोड ७५ लाख ठगी गरेको अभियोग छ। पीडितले विदेश पठाइदिन्छु भनेर विदेश नपाठाई लोहनी फरार भएको भन्दै निवेदन दिएको आधारमा उनलाई पक्राउ गरिएको र ठगी मुद्दाअन्तर्गत कारबाही हुने प्रहरीले बताएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com