२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अमेरिकी इतिहासमै घरविहीनको संख्यामा अहिलेसम्मकै ठूलो गिरावट

Photo: Wouter van Dijke/ Unsplash

अमेरिकी आवास तथा सहरी विकास मन्त्रालयले अमेरिकी इतिहासमै घरविहीनताको संख्यामा अहिलेसम्मकै ठूलो गिरावट आएको घोषणा गरेको छ।

सन् २०२६ को राष्ट्रव्यापी ‘पोइन्ट-इन-टाइम’तथ्याङ्क अनुसार, जनवरीको एकै रातमा ६,९८,४२५ जना व्यक्तिहरू घरविहीन अवस्थामा भेटिएका थिए। यो संख्या सन् २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता ६.३ प्रतिशतको कमी हो। सीमा नियन्त्रणमा गरिएको कडाइ र स्थानीय सरकारहरूलाई असुरक्षित बसोबास स्थल हटाउने अधिकार दिने सर्वोच्च अदालतको निर्णयपछि यो सफलता मिलेको मन्त्रालयले जनाएको छ।

अघिल्लो बाइडेन प्रशासनको ‘हाउजिङ फर्स्ट नीतिका कारण सन् २०२२ देखि २०२५ को अवधिमा घरविहीनता २८ प्रतिशतले बढेको दाबी गर्दै एचयुडीले उक्त नीति अन्त्य गरेको छ। यसको सट्टा दुर्व्यसन विरुद्ध लड्दै अमेरिकीहरूलाई पुनः आत्मनिर्भर बनाउने उद्देश्यका साथ ‘ट्रीटमेन्ट फर्स्ट’  नीति कार्यान्वयनमा ल्याइएको छ।

एचयुडीका सचिव स्कट टर्नरले सीमा सुरक्षित गर्ने, आपराधिक पृष्ठभूमि भएका कानुनी हैसीयत नभएका आप्रवासीहरूलाई सडकबाट हटाउने र समुदायमा सुरक्षा बहाल गर्ने कदमले घरविहीनता घटाउन मुख्य भूमिका खेलेको बताएका छन्। उनले भने, “एक दशकको असफल ‘हाउसिङ फर्स्ट’ नीतिपछि पनि घरविहीनता अझै उच्च स्तरमै छ, त्यसैले अझै धेरै काम गर्न बाँकी छ। लस एन्जलसको ‘स्किड रो’ देखि न्युयोर्कका सडकसम्म देखिएको दुर्व्यसन र अव्यवस्थालाई अन्त्य गर्दै एचयुडीले नागरिकको जीवनस्तर सुधार्न ‘ट्रीटमेन्ट फर्स्ट’ मोडेल अपनाएको छ।”

मन्त्रालयका अनुसार, बाइडेन प्रशासनको खुकुलो सीमा नीतिका कारण कागजातविहीन आप्रवासीले आश्रयस्थलहरू भरिएका थिए। जसले गर्दा न्युयोर्क, इलिनोइ, क्यालिफोर्निया र म्यासाचुसेट्स जस्ता ‘स्याङ्क्चुअरी सिटी’नीति अपनाएका राज्यहरूमा घरविहीनता तीव्र रूपमा बढेको थियो।

यसै सन्दर्भमा, जुलाई २०२५ मा राष्ट्रपति ट्रम्पले “सडकको अपराध र अव्यवस्था अन्त्य” सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उक्त आदेशले लागूपदार्थ दुर्व्यसन र सार्वजनिक सुरक्षाका चुनौतीहरू सम्बोधन गर्न एचयुडीलाई थप अधिकार प्रदान गरेको थियो।

यसैगरी, जुन महिनामा सचिव टर्नरले प्रतिफल दिने खालका नयाँ पहुँचका लागि प्रतिस्पर्धात्मक बजेटको घोषणा गरेका थिए, जसमा देशभरबाट रेकर्ड ३,७०० नयाँ आवेदन परेका थिए। पछि अगस्ट महिनामा एचयुडीले स्वास्थ्य तथा मानव सेवा मन्त्रालय र राष्ट्रिय औषधि नियन्त्रण नीति कार्यालयसँगको सहकार्यमा ‘ट्रीटमेन्ट फर्स्ट’ मार्फत घरविहीनता र व्यसन सम्बोधन गर्ने निर्देशिका सार्वजनिक गरेको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।