पोखरामा हिँड्दाहिँड्दै बेहोस भई ढलेका अमेरिकी नागरिकको मृत्यु
पोखरास्थित मेट्रोसिटी अस्पताल । तस्वीर : अस्पतालको वेबसाइटबाट
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा सोमबार बिहान हिँडिरहेका बेला अचानक बेहोस भई लडेका एक अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्स रहेका छन् ।
बिहान हिँड्ने क्रममा अचानक लडेका उनलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी पोखरास्थित मेट्रोसिटी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको वास्तविक कारण पोस्टमार्टमपछि मात्रै खुल्ने डिएसपी पासवानले बताए ।
मृतक जोन्स विगत एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका थिए ।





