अमेरिकाका तीन प्रमुख विमानस्थलमा सुरक्षा जाँच अब निजी कम्पनीको जिम्मामा
(आधिकारिक होमल्याण्ड सेक्युरिटी तस्बिर/ ब्यारी बहलर)
अमेरिकाका तीनवटा प्रमुख विमानस्थलहरूमा सुरक्षा जाँचको जिम्मेवारी अब निजी ठेकेदार कम्पनीहरूलाई दिइने भएको छ। ट्रम्प प्रशासनले यसै वर्ष सुरु गरेको टिएसए गोल्ड प्लस कार्यक्रमअन्तर्गत टाम्पाडे मोइन, र साउथ क्यारोलिनाको चार्ल्सटन विमानस्थलहरू यो नयाँ व्यवस्था अपनाउने पहिलो विमानस्थल बन्ने भएका छन्।
यस मोडेलअन्तर्गत, निजी कम्पनीहरूले यातायात सुरक्षा प्रशासनसँग साझेदारी गरी विमानस्थलका सुरक्षा चेकिङ प्वाइन्टहरू र त्यहाँ खटिने अधिकारीहरूको व्यवस्थापन गर्नेछन्।
समर्थकहरूका अनुसार यो कदमले विमानस्थलको सुरक्षा व्यवस्थालाई आधुनिक र द्रुत बनाउनुका साथै सरकारी कामकाज ठप्प हुँदा हुने लामो ढिलाइको जोखिमलाई पनि घटाउनेछ। तर, आलोचकहरू भने सुरक्षा जाँच निजी क्षेत्रलाई सुम्पिँदा थप सुरक्षा जोखिम निम्तिन सक्ने तर्क गर्छन्।
टिएसए गोल्ड प्लस अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीद्वारा यसै वर्ष सुरु गरिएको एक नयाँ साझेदारी कार्यक्रम हो। यसले विमानस्थलहरूलाई सरकारी टिएसए अधिकारीहरूको सट्टा निजी ठेकेदार कम्पनीहरू मार्फत सुरक्षा चेकिङ प्वाइन्ट सञ्चालन गर्ने विकल्प दिन्छ। यी निजी कम्पनीहरूले यात्रु र तिनका सामान जाँच गर्ने प्रविधिको समेत व्यवस्थापन गर्नेछन्।
यद्यपि, सम्पूर्ण सुरक्षा चेकिङ प्वाइन्टहरूले संघीय मापदण्ड पूरा गरे-नगरेको अनुगमन गर्ने र नियमन गर्ने मुख्य जिम्मेवारी भने टिएसएकै रहनेछ।
यो कार्यक्रममा सहभागी हुने प्रारम्भिक तीन विमानस्थलहरू टाम्पा अन्तर्राष्ट्रिय विमानस्थल, चार्ल्सटन अन्तर्राष्ट्रिय विमानस्थल, साउथ क्यारोलिना र डे मोइन अन्तर्राष्ट्रिय विमानस्थल, आयोवा
प्रशासनका अनुसार अन्य धेरै विमानस्थलहरूले पनि यो कार्यक्रमप्रति चासो देखाएकाले आगामी दिनमा अन्य हबहरू पनि यसमा जोडिन सक्नेछन्।
सैद्धान्तिक रूपमा, यात्रुहरूले सुरक्षा जाँचको अनुभवमा खासै ठूलो भिन्नता महसुस गर्ने छैनन्। T टिएसएका विद्यमान नियमहरू यथावत् रहनेछन् र सुरक्षा जाँचको सामान्य ढाँचा हालको जस्तै देखिनेछ।
यसमा फरक-फरक दृष्टिकोण रहेका छन् टिएसएका अनुसार यो कार्यक्रमले विमानस्थलहरूलाई नयाँ र आधुनिक प्रविधि भित्र्याउनका साथै सुरक्षा जाँचलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ। साथै, यी कर्मचारीहरू सरकारी निकायका प्रत्यक्ष कर्मचारी नहुने भएकाले बजेट विवादका कारण सरकार ठप्प हुँदा पनि विमानस्थलमा लामो लाइन लाग्ने जोखिम हुनेछैन।
सान फ्रान्सिस्को र कन्सास सिटी लगायत कम्तीमा २० वटा अमेरिकी विमानस्थलहरूमा पहिलेदेखि नै निजी क्षेत्रका सुरक्षाकर्मीहरू कार्यरत छन्। गत बजेट ठप्पको समयमा यी विमानस्थलहरू लामो लाइनको समस्याबाट जोगिएका थिए। ‘ गोल्ड प्लस ‘ कार्यक्रम यही व्यवस्थाको विस्तारित रूप हो।
टिएसए कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियन ‘अमेरिकन फेडरेसन अफ गभर्नमेन्ट इम्प्लोइज’ ले निजी क्षेत्रलाई सुरक्षा सुम्पिनुले ९/११ आक्रमणबाट सिकिएका पाठहरूलाई बेवास्ता गर्ने चेतावनी दिएको छ।
निजी कम्पनीहरूले नाफा कमाउनका लागि लागत घटाउने र सुरक्षा मापदण्डमा सम्झौता गर्न सक्ने चिन्ता केही नेताहरूले व्यक्त गरेका छन्।
टिएसएले निजी क्षेत्रलाई जिम्मेवारी दिए पनि अनुगमन कडा रहने र सबै सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गराइने स्पष्ट पारेको छ। यदि कुनै निजी कम्पनीले मापदण्ड पूरा गर्न नसकेमा उसको सम्झौता रद्द गर्न सकिनेछ।
टिएसए स्थापनाको २५ वर्ष पूरा हुन लाग्दा अमेरिकी विमानस्थलको सुरक्षा प्रणालीमा यो एक ठूलो र महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ।





