न्यूयोर्कमा गायक राजु परियार र गायिका निशा सुनार लगायतको लोकदोहोरी शुक्रबार


प्रकाशित मिति : माघ २१, २०८२ बुधबार

लोक गायक राजु परियार र गायिका निशा सुनारको विशेष प्रस्तुतिसहित न्यूयोर्कमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

गोर्खाली समाज न्यूयोर्कको आयोजनामा आगामी फेब्रुअरी ६ तारिख शुक्रबार उडसाइडस्थित ‘द प्यालेस’ मा ‘लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम’ हुन लागेको हो।

संस्थाका अध्यक्ष ओम विश्वकर्माका अनुसार प्रवासमा नेपाली मौलिक लोक संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा राजु परियार र निशा सुनारका साथै चन्द्र शर्मा, बिमल डाँगी, रन्जिता गुरुङ, बसन्ती राई, संगीता थापा मगर, भुपेन्द्र गुरुङ, अमर अनुराग श्रेष्ठ, महादेव त्रिपाठी, दिनेश सुनार र न्हुच्छे डंगोललगायत एक दर्जनभन्दा बढी कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रममा प्रत्यक्ष दोहोरीगीत, सांस्कृतिक नृत्य र हास्यव्यंग्यसमेत समावेश छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

६३-०१ रुजवेल्ट एभिन्युमा रहेको ‘द प्यालेस’मा हुने कार्यक्रम साँझ ६:३० बजेबाट राति १२:३० बजेसम्म सञ्चालन हुने छ। कार्यक्रमका लागि साधारण टिकट दर ६० अमेरिकी डलर (अपेटाइजर सहित) र भीआईपी टिकट दर १०० अमेरिकी डलर तोकिएको छ।

गोर्खाली समाज न्यूयोर्कले न्यूयोर्क तथा आसपास रहेका नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com