जनवरीमा नेपालले स्वागत गर्‍यो साढे ९२ हजारबढी विदेशी पर्यटक, अमेरिकी मात्रै ८ हजार ४०६ जना


प्रकाशित मिति : माघ २०, २०८२ मंगलबार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । तस्वीर : कृष्ण न्यौपाने/रासस

नेपालले सन् २०२६ को पहिलो महिना जनवरीमा साढे ९२ हजारबढी विदेशी पर्यटकहरूलाई स्वागत गरेको छ । नेपाल पर्यटन बोर्डले अनुसार जनवरीमा ९२ हजार ५७३ जना विदेश पर्यटक स्वदेश भित्रिएका हुन् । 

जनवरीमा नेपाल भित्रिने पर्यटकहरूमा सबैभन्दा बढी भारतीय पर्यटकहरू रहेका छन् । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका हुन् । यस्तै दोस्रो नम्बरमा रहेको चीनबाट नौ हजार १०१ जना पर्यटक नेपाल भित्रिए । 

जनवरीमा नेपाल भित्रिने पर्यटकहरूमा अमेरिका तेस्रो नम्बरमा छ । अमेरिकाबाट मात्रै जनवरीमा आठ हजार ४०६ जना पर्यटक नेपाल भित्रिएका हुन् । त्यस्तै, चौथोमा रहेको बङ्गलादेशबाट पाँच हजार ८१४ तथा पाँचौँमा रहेको अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिए । 

जनवरीमा नेपाल भित्रिने पर्यटकहरूमा बेलायतबाट तीन हजार ९७३, म्यानमारबाट तीन हजार ३९३, दक्षिण कोरियाबाट तीन हजार २२६, थाइल्यान्डबाट तीन हजार २०५ र भुटानबाट तीन हजार १२ रहेका छन् । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटन बोर्डका अनुसार नेपाल भित्रिने पर्यटकहरूमा दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९ दशमलव ३ प्रतिशत रहेका छन् । यस्तै, एसियाली देशबाट २६ दशमलव १ प्रतिशत, युरोपबाट १२ दशमलव ३ प्रतिशत, अमेरिकाबाट १० दशमलव ८ प्रतिशत र ओसियानियाबाट ५ दशमलव ७ प्रतिशत पर्यटक नेपाल भित्रिए भने मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ० दशमलव ४ प्रतिशत पर्यटक नेपाल भित्रिएका हुन् । 

बोर्डका अनुसार गत वर्षको जनवरीको तुलनामा यो वर्ष १५ दशमलव ७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । 

सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । बोर्डका अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । 

नेपाल भित्रिने विदेशी पर्यटकहरूमा सबै भन्दा धेरै भारतीय रहेका थिए । बोर्डका अनुसार एक वर्षमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८ जना पर्यटक नेपाल घुम्न आए । यस्तै, दोस्रोमा अमेरिका रहेको थियो । 

सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटकलाई नेपालले स्वागत गरेको थियो भने तेस्रोमा रहेको चीनबाट ९५ हजार ४८० पर्यटक नेपाल उत्रिएका थिए । 

बोर्डका अनुसार सन् २०२५ मा बेलायतबाट ५८ हजार ६८४, बङ्गलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७ श्रीलङ्काबाट ३७ हजार ५५० जना पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, थाइल्यान्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका थिए । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com