न्यूजिल्यान्डको ‘गोल्डेन भिसा’मा अमेरिकीको आकर्षण, आवेदकको संख्यामा ७२ प्रतिशतले वृद्धि


प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

न्यूजिल्यान्डले आफ्नो ‘गोल्डेन भिसा’ कार्यक्रमलाई सजिलो र आकर्षक बनाएसँगै आवेदन दिनेको संख्यामा वृद्धि भएको छ । जुलाईदेखि मात्र अमेरिकी नागरिकहरूको आवेदन ७२ प्रतिशतले वृद्धि भएको छ । यो संख्या अझै बढ्ने अनुमान  गरिएको छ । 

न्यूजिल्यान्डले पोर्चुगल, ग्रिस, माल्टा र स्पेन जस्ता देशहरूसँगको प्रतिस्पर्धामा अग्रता लिन ४ वर्षे नयाँ “बिजनेस इनभेष्टर वर्क भिसा” कार्यक्रम ल्याएको हो। यस कार्यक्रम अन्तर्गत विश्वभरका नागरिकहरुले व्यवसायमा लगानी गरी चार वर्षसम्म न्यूजिल्यान्डमा बस्न र काम गर्न सक्नेछन्।

नयाँ कार्यक्रममा आवेदन गर्न इच्छुकहरूले दुई विकल्पबाट छनोट गर्न सक्छन् । विकल्पहरु मध्ये १ मिलियन न्यूजिल्यान्ड डलर लगानी गरेर तीन वर्षे ट्र्याक वा २ मिलियन न्यूजिल्यान्ड डलर लगानी गरेर एक वर्षे द्रुत ट्र्याक रहेका छन् । 

आवेदन दिनुअघि कम्तीमा ५ लाख न्यूजिल्यान्ड डलर बराबरको सम्पत्ति र वार्षिक १ मिलियन न्यूजिल्यान्ड डलर आम्दानी हुने कम्पनी भएको प्रमाण देखाउनुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी, जुवातास, तमाखु, फास्ट–फूड फ्रान्चाइज वा पाँच वर्षभन्दा कम पुराना कम्पनीमा लगानी गर्न पाइँदैन।

यी सबै खर्च र सर्तहरूका बाबजुद विदेशी नागरिकहरूका लागि स्थायी बसोबास (पीआर) र नागरिकतासम्म पुग्ने सजिलो मार्ग खुल्नेछ। कम्तीमा दुई वर्ष बस्नेपछि पीआर र पाँच वर्षपछि नागरिकताका लागि आवेदन दिन सकिनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com