वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै ६ लाख ठगी, २० वर्षीय विक पक्राउ
प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार
नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै ६ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–९ घर भई हाल ललितपुर–३ बस्ने २० वर्षीय आसमान विक रहेका छन् ।
वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै ६ लाख रकम लिई लामो समयसम्म झुक्यानमा राखी विक सम्पर्कविहीन भएका थिए । पीडितले उजुरी दिएपछि प्रहरीले विकलाई काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरेको हो ।
विकमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।








