अमेरिकाले मधुमेह, मुटु रोग र अन्य दीर्घकालीन रोग भएकालाई भिसा दिन अस्वीकार गर्न सक्ने


प्रकाशित मिति : कार्तिक २२, २०८२ शनिबार

अमेरिकाले अब मधुमेह, मुटु रोग र अन्य दीर्घकालीन स्वास्थ्य समस्याहरू भएका विदेशी नागरिकहरूलाई भिसा दिन अस्वीकार गर्नसक्ने भएको छ। ट्रम्प प्रशासनको नयाँ निर्देशिका अन्तर्गत अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासका अधिकारीहरूलाई भिसा आवेदकहरूको स्वास्थ्य अवस्थालाई अझ नजिकबाट मूल्याङ्कन गर्न निर्देशन दिएको छ।

यो परिवर्तन भिसा आवेदकहरू पब्लिक चार्ज अर्थात् सरकारी स्रोतमाथि आर्थिक बोझ बन्न सक्ने सम्भावनाको नयाँ, फराकिलो व्याख्याको एक हिस्सा हो। निर्देशिकाले विशेष गरी कार्डियोभास्कुलर रोगहरू, श्वासप्रश्वास सम्बन्धी रोगहरू, क्यान्सर, मधुमेह, मेटाबोलिक रोगहरू, र स्नायुसम्बन्धी विकारहरूलाई उल्लेख गरेको छ। मोटोपनलाई पनि महँगो उपचारको कारण बन्न सक्ने भनेर जोखिमको रूपमा औंल्याइएको छ।

भिसा अधिकारीहरूले आवेदकको मेडिकल अवस्थालाई हेरेर उनीहरूलाई आफ्नो सम्पूर्ण अपेक्षित जीवनकालको लागि लाग्ने उपचार खर्च अमेरिकी सरकारको नगद सहायता वा लामो समयको सरकारी खर्चमा संस्थागत सहयोग बिना धान्न सक्ने वित्तीय स्रोत छ वा छैन भनेर मूल्यांकन गर्नेछन्। यो नियम प्राविधिक रूपमा सबै भिसा आवेदकहरूमा लागू भए पनि स्थायी रूपमा अमेरिकामा बस्न चाहने ग्रिनकार्ड आवेदकहरूलाई यसले बढी असर गर्ने अपेक्षा गरिएको छ।

अध्यागमन वकिलहरू र जनस्वास्थ्य विशेषज्ञहरूले यस नीतिको आलोचना गर्दै यसले भिसा अधिकारीहरूलाई चिकित्सा ज्ञान नभए पनि व्यक्तिको दीर्घकालीन स्वास्थ्य जोखिमबारे व्यक्तिपरक निर्णय गर्ने व्यापक अधिकार दिने बताएका छन्। यसले स्वस्थ र धनी आवेदकहरूलाई मात्र फाइदा पुर्‍याउने आशंका गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयले विश्वभरका अमेरिकी दूतावासहरूलाई अध्यागमन कानुनको पब्लिक चार्ज प्रावधानअन्तर्गत भिसा जाँचका लागि फराकिलो दायरासहितको नयाँ नियमहरू लागू गर्न निर्देशन दिएको हो । यो कदमले अघिल्लो ट्रम्पकालीन मापदण्डलाई पुनर्जीवित गर्नुका साथै यसको दायरालाई विस्तार समेत गरेको छ।

यो दिशानिर्देशले कन्सुलर अधिकारीहरूलाई ती आवेदकहरूको भिसा अस्वीकार गर्न निर्देशन दिन्छ, जो अमेरिकामा आएर सार्वजनिक सुविधामा निर्भर हुने सम्भावना हुन्छ। यसका लागि स्वास्थ्यबाहेक उमेर, अंग्रेजी प्रवीणता, आर्थिक अवस्था र दीर्घकालीन चिकित्सा हेरचाहको सम्भावित आवश्यकता जस्ता व्यापक कारकहरूलाई ध्यानमा राखिनेछ।

विश्वभरका अमेरिकी कन्सुलर र दूतावासहरूलाई पठाइएको निर्देशनमा आत्मनिर्भरता अमेरिकी अध्यागमन नीतिको लामो समयदेखिको सिद्धान्त भएको र पब्लिक चार्जको आधारमा भिसा अस्वीकार गर्ने प्रावधान अमेरिकी अध्यागमन कानुनको १०० वर्षभन्दा बढी समयदेखि हिस्सा रहेको उल्लेख गरिएको छ। कुनै पनि समयमा सरकारी नगद सहायताको प्रयोग वा संस्थागत हेरचाह पनि भिसा अस्वीकृतिको आधार बन्न सक्छ। कर्मचारीहरूलाई दिइएको दिशानिर्देशमा याचिका, भिसा आवेदन, मेडिकल रिपोर्ट, स्पोन्सर फारम र जाँचको क्रममा पत्ता लागेका अन्य सबै जानकारीहरूको समीक्षा गर्न भनिएको छ।

ज्येष्ठ आवेदकहरूमा विशेष निगरानी राख्न निर्देशन दिइएको छ। यसअन्तर्गत अवकाशको उमेर नजिक रहेका ज्येष्ठ भिसा आवेदकहरूलाई उनीहरूको रोजगारीको सम्भावना र काम छाडेपछि आफैंलाई कसरी पाल्न सक्छन् भन्ने विषयमा विशेष निगरानी गरिनेछ। दीर्घकालीन संस्थागत हेरचाहको लागत प्रति वर्ष लाखौं डलर हुन सक्ने र यसलाई विचार गरिनुपर्ने आन्तरिक निर्देशनमा भनिएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com