प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा रबर बुलेटबाट घाइते फोटो पत्रकार ढुंगानाको आईसीयूमा उपचार हुँदै


प्रकाशित मिति : भाद्र २२, २०८२ सोमबार

सोमबार काठमाडौंमा गरिएको प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा  नेपाल प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर शख्त घाइते भएका फोटो पत्रकार दीपेन्द्र ढुङ्गानाको आईसीयुमा उपचार भइरहेको छ ।

सोमबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनको रिपोर्टिङ गर्न गएको समयमा उनीमाथि प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेको थियो । त्यसपछि उनलाई मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । सिभिल अस्पतालबाट फोटो पत्रकार ढुङ्गानालाई ललितपुरको पाटनस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

पाटनमा चिकित्सकहरूले काननेर र गालामा लागेको गोली निकालेपछि उनलाई आइसियुमा सारिएको छ । परिवारले दिएको जानकारी अनुसार रबर बुलेट लागेर बेहोस भएका ढुङ्गानाको अहिले होस खुलेको छ भने उनी खतरामुक्त भएको जनाइएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको परिवारले जनाएको छ ।

ढुङ्गानासँगै प्रदर्शनको समाचार सङ्कलनमा खटिएका पत्रकारहरू श्याम श्रेष्ठ, उमेश कार्की र शम्भु दङ्गाल पनि घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले उक्त घटनाप्रति निन्दा व्यक्त गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

उक्त प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।

यसैगरी, बानेश्वरस्थित एभरेस्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com