अमेरिका पठाउने भन्दै ९ लाख ठगी, ४८ वर्षीया मिना पक्राउ
प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार
वैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका-५ घर भई ललितपुरको ललितपुर महानगरपालिका-२ बस्दै आएकी ४८ वर्षीया मिना कुँवर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले जाहेरी दिएका थिए ।
पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले सोमबार ललितपुर-१५ सातदोबाटोबाट कुँवरलाई पक्राउ गरेको हो ।
उनीमाथि अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धानले जनाएको छ ।








