भूमध्यसागर पार गर्ने क्रममा १ वर्षमा करिब ८०० आप्रवासीको गयो ज्यान


प्रकाशित मिति : असार ५, २०८२ बिहीबार

a boat in the ocean

तस्बिर : इराज इष्टियाक

लिबियाको तटीय क्षेत्रमा जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको बताएको हा।

जीवित रहेका पाँच जना मात्र फेला परेको आइओएमले उल्लेख छ । समुद्रमा डुबेर मृत्यु हुनेमा इरिट्रिया, पाकिस्तान, इजिप्ट र सुडानका नागरिक रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार दोस्रो दुर्घटना बन्दरगाह शहर तोब्रुकबाट करिब ३५ किलोमिटर टाढा भएको थियो । जहाँ कम्तीमा ३९ जनाको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मध्यपूर्व र उत्तर अफ्रिकाका लागि आईओएमका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले भन्नुभयो, “दर्जनौंको मृत्युको पीडामा रहेको अवस्थामा आईओएमले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायलाई खोजी र उद्धार कार्यबढाउन र बाँचेकाहरूलाई सुरक्षित र पूर्वानुमानयोग्य अवतरणको प्रत्याभूति दिन आग्रह गरेको छ।”

विज्ञप्तिमा भनिएको छ, “भूमध्यसागर पार गरेर युरोप जाने क्रममा यस वर्ष अहिलेसम्म कम्तीमा ७४३ जनाको मृत्यु भएको छ ।

यो घातक मार्गमा बढ्दो खतरनाक मानव तस्करी अभ्यास, सीमित उद्धार क्षमता र मानवीय परिचालनमा बढ्दो प्रतिबन्धले बढ्दो समस्यालाई उजागर गरेको छ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार जुन १५ सम्ममा इटालियाली तटमा आप्रवासीको अवतरण वर्षेनी १५ प्रतिशतले बढेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com