अमेरिकी पूर्व एफबीआई निर्देशक कोमीलाई गुप्त सेवाका अधिकारीले किन गरे सोधपुछ ?


प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार

अमेरिकी पूर्व एफबीआई निर्देशक जेम्स कोमीलाई अमेरिकी गुप्त सेवाका अधिकारीहरुले नियन्त्रणमा लिएर सोधपुछ गरेका छन ।

शुक्रबार दिउँसो वासिङ्गटन फील्ड अफिसमा अमेरिकी गुप्त सेवाका एजेन्टहरूले सोधपुछका लागि कोमीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

कोमीले बिहीबार इन्स्टाग्राममा बालुवामा राखिएका शंखहरूद्वारा ‘८६ ४७’ लेखिएको फोटो पोस्ट गरेका थिए । जसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले राष्ट्रपति हटाउने संकेतको रूपमा व्याख्या गरेका छन्।

‘८६’शब्द अमेरिकी स्ल्याङमा ‘हटाउन’ वा ‘नष्ट गर्न’ को अर्थमा प्रयोग हुन्छ, र ‘४७’ भनेको ट्रम्पको वर्तमान कार्यकालको संख्या हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोमीले उक्त पोस्टलाई ‘कूल शेल फर्मेशन’ भनेर व्याख्या गरेका थिए । कुनै हिंसात्मक सन्देश दिन चाहेको थिएनन् भनेर स्पष्ट पारेका छन्।

पोस्ट हटाएपछि, गुप्त सेवाले उनलाई सोधपुछका लागि बोलाएको हो। कोमी अहिले हिरासतमा छैनन् र स्वेच्छाले उपस्थित भएका छन्।

राष्ट्रपति ट्रम्प र रिपब्लिकन नेताहरूले कोमीको पोस्टलाई राष्ट्रपति हत्या गर्ने आह्वानको रूपमा व्याख्या गर्दै अनुसन्धानको माग गरेका छन्।

कोमीले भनेका छन् कि उनले उक्त संख्या र त्यसको सम्भावित हिंसात्मक अर्थबारे थाहा थिएन । त्यसैले पोस्ट हटाएका छन्। गुप्त सेवाका प्रवक्ताले भनेका छन् कि उनीहरूले यस प्रकारका सम्भावित धम्कीहरूको गम्भीरतासाथ अनुसन्धान गर्छन्।

विशेष गरी हालैको सुप्रीम कोर्टको निर्णय र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका न्यायालयका निर्णयहरूको कारणले कानूनी दृष्टिकोणबाट कोमीमाथि अभियोग लगाउनु चुनौतीपूर्ण हुनसक्छ ।

विशेषज्ञहरूको अनुसार, यस प्रकारको पोस्टलाई कानूनी रूपमा धम्कीको रूपमा लिने आधार कमजोर छ।

यो घटनाले राजनीतिक दृष्टिकोणबाट पनि चासोको विषय बनेको छ । विशेष गरी ट्रम्प र कोमीबीचको विगतका विवादहरूको कारणले यो अवस्था उत्पन्न भएको हो ।

कोमीलाई २०१७ मा ट्रम्पले रूससँगको सम्बन्धको अनुसन्धानको क्रममा बर्खास्त गरेका थिए । त्यसपछि उनी ट्रम्पका आलोचक बनेका छन्।

गुप्त सेवा र एफबीआई कोमीको पोस्टको सन्देश र त्यसको कानूनी अर्थबारे थप अनुसन्धान तयारीमा जुटेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com