युक्रेनद्वारा रुसमा आक्रमण, मस्कोका विमानस्थलहरु अस्थायी रुपमा बन्द


प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार

युक्रेनले लगातार हमला गरेपछि रुसको राजधानी मस्कोका सबै विमानस्थलहरु अस्थायी रुपमा बन्द गरिएको छ । रुसको भनाई अनुसार युक्रेनले लगातार दोस्रो दिन मस्कोमा लक्षित गरी ड्रोन आक्रमण गरेको हो।

रूसी उड्डयन निगरानी संस्था रोसअभियात्सिया ले टेलिग्राममार्फत जानकारी दिँदै राजधानीका सबै चारवटा प्रमुख विमानस्थलहरूलाई अस्थायी रूपमा सुरक्षाका कारण बन्द गरिएको जनाएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमार्फत बताएअनुसार, कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरूलाई सहरमा प्रवेश गर्नुअघि नै विभिन्न दिशाबाट खसालिएको छ।

केही ड्रोनको भग्नावशेष राजधानी छिर्ने एक मुख्य राजमार्गमा खसेको बताइएको छ । तर हालसम्म कुनै पनि मानवीय क्षति भएको खबर प्राप्त नभएको रुसी अधिकारीहरुले दावी गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनले यो घटनामा औपचारिक प्रतिक्रिया दिएको छैन। तर युक्रेनको खार्किभ सहरका मेयरले भने रातभरि रूसले ड्रोन आक्रमण गरेको बताएका छन् ।

मस्कोबाहेक पेन्जा र भोरोनेजजस्ता अन्य रूसी सहरका गभर्नरहरूले पनि रातभर ड्रोन आक्रमण भएको दाबी गरेका छन्। रूसी सैन्य ब्लगरहरूले दक्षिण मस्कोको एउटा अपार्टमेन्टको झ्याल फुटेको अनौपचारिक रिपोर्ट दिएका छन् ।

दोस्रो रात पनि युक्रेनले ड्रोन आक्रमण गरेको रूसले दाबी गरेको छ। रूसी रक्षा मन्त्रालयले २६ युक्रेनी ड्रोनहरू खसालिएको जनाएको थियो।

रूसले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु गरेदेखि युक्रेनले मस्कोमा कयौं पटक ड्रोन आक्रमण गरेको छ। सन् २०२५ को मार्चमा भएको सबैभन्दा ठूलो आक्रमणमा तीन जनाको मृत्यु भएको थियो।

सोमबार युक्रेनी सेना रूसको कुर्स्क क्षेत्रतर्फ प्रवेश गर्न खोजेको रिपोर्टहरू पनि आएका छन्। युक्रेनी जनरल स्टाफका अनुसार, आइतबार टिओटकिनो गाउँ नजिकै ड्रोन कमान्ड युनिट नष्ट गरिएको हो।

अप्रिलमा रूसले कुर्स्क क्षेत्र पूर्णरूपमा पुनः आफ्नो नियन्त्रणमा आएको दाबी गरे पनि युक्रेनले अझै पनि त्यहाँ आफ्ना फौज परिचालनमा रहेको बताएको छ।

सोमबार कुर्स्ककै रिल्स्क शहरमा रहेको एक विद्युत् सबस्टेशन युक्रेनी आक्रमणमा क्षतिग्रस्त भएपछि विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ।

क्षेत्रीय कार्यवाहक गभर्नर अलेक्जेन्डर खिन्स्टेइनका अनुसार, उक्त आक्रमणमा दुई ट्रान्सफर्मरहरू ध्वस्त भएका थिए । दुई किशोरहरू छर्राबाट घाइते भएका थिए।

कैयौं रूसी सैन्य ब्लगरहरूले युक्रेनी फौजले सिमाना पार गरेर प्रवेश गरेको दाबी गरेका छन । उनीहरुले ट्याङ्कको घेरालाई पार गर्दै सवारी साधनको तस्बिरहरू पनि सार्वजनिक गरेका छन् । यी तस्बिरहरुको हालसम्म पुष्टि गरिएको छैन।

सोमबार युक्रेनी फौजले सीमा पार गरेर मिसाइल प्रहार गरेको र विशेष सवारी साधनमार्फत बारुदी सुरुङहरू हटाउँदै ट्याङ्क र सैनिकहरू अघि बढेको रूसी ब्लगरहरूले बताएका छन्।

युक्रेनले गत वर्ष अगस्टमा कुर्स्क क्षेत्रमा पहिलो पटक छक्याउँदै प्रवेश गरेको थियो । जसको उद्देश्य सुमी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नु र भविष्यका वार्ताहरूमा दबाब सिर्जना गर्नु रहेको देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com