३ महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चियो, जीडीपी ०.३ प्रतिशतले घट्यो


प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान रहेको छ ।

सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धि भएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा वार्षिक ०.३ प्रतिशतका दरले घटेको मन्त्रालयले उल्लेख गरेको छ ।

ब्रिफिङ डट कमका अनुसार बुधबारको आँकडा बजारको ०.४ प्रतिशतको वृद्धिको अनुमानभन्दा कम हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादनमा आएको मन्दीले आयातमा आएको वृद्धि, उपभोक्ता खर्चमा आएको कमी र सरकारी खर्चमा आएको मन्दीलाई प्रतिबिम्बित गरेको छ ।”

ट्रम्प सत्तामा फर्केको जनवरी २० देखि १०१ औँ दिनका अवसरमा यो तथ्याङक सार्वजनिक गरिएको हो ।

यो समयमा उनले अमेरिकी व्यापार सम्बन्धलाई पुनस्र्थापित गर्न अप्रिलको सुरुदेखि शीर्ष व्यापारिक साझेदारहरूलाई व्यापक कर लगाउने योजनाहरू प्रस्तुत गर्दै मार्चमा धेरै चरणहरूमा कर वृद्धिको घोषणा गरेका थिए ।

ती शुल्कहरूको सुरुवातले वित्तीय बजारमा शेयर बिक्रीलाई बढावा दियो, जसले अस्थिरतालाई कोभिड–१९ महामारीपछिको न्यूनस्तरमा पुर्यायो र लगानीकर्ताहरूलाई तर्सायो ।

जर्ज वासिङ्टन युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक तारा सिन्क्लेयरले एएफपीसँग भने, “विशेषगरी राष्ट्रपति भएको पहिलो १०० दिनमा सामान्यतया सरकारी नीतिमा त्यति धेरै परिवर्तन हुँदैन तर अहिले यो अवस्था फरक छ ।”

“मलाई लाग्छ यो एकदम स्पष्ट छ कि नाटकीय नीतिगत परिवर्तनहरू थिए जसले अर्थव्यवस्थालाई प्रत्यक्ष रूपमा कमजोर पारिरहेको छ,” उनले भने ।

अप्रिलमा ट्रम्पको नीतिको आलोचना गर्दै भएको नाटकीय शेयर बजारको गिरावटपछि ट्रम्प प्रशासनले व्यापार वार्ताको लागि अनुमति दिन दर्जनौं देशहरूलाई उच्च कर वृद्धिको लागि ९० दिनको विरामको घोषणा गर्दै अधिकांश देशहरूको लागि आधारभूत १० प्रतिशत दर कायम गरेको थियो ।

यसले स्टिल, आल्मुनियम र अटोमोबाइल्स र संयुक्त राज्य अमेरिकामा नबनेका पार्टपुर्जाहरूमा क्षेत्र–विशिष्ट उपाय र चीनमाथि कुल १४५ प्रतिशत नयाँ व्यापक करहरू घोषणा गरेको छ।

त्यसको जवाफमा बेइजिङले अमेरिकी सामानमाथि कडा र लक्षित कर लगाएको थियो । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष अमेरिकी अर्थतन्त्र २.८ प्रतिशतले वृद्धि भएको थियो ।

नयाँ वर्षको सुरुवातमा विश्लेषकहरूले सन् २०२५ मा दुई प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि दर रहने अनुमान गरेका थिए ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमन र नयाँ कर वृद्धिको नीति पछि धेरै विश्लेषकहरुले आफ्नो विकास दृष्टिकोणमा तीव्र कटौती गरेका छन् ।
आयातले वृद्धिमा नकारात्मक प्रभाव पार्छ र कुल गार्हस्थ गणनामा निर्यातको सकारात्मक प्रभावको प्रतिकार गर्दछ ।

जर्ज वासिङ्टन युनिभर्सिटीका सिनक्लेयरले भने, “आयातमा यो वृद्धि यो प्रत्यक्ष करभन्दा अगाडि बढ्न खोज्ने मानिसहरूबाट आएको हो र यो राष्ट्रपतिको नीतिहरूको प्रत्यक्ष प्रतिक्रियाबाट प्रभावित छ ।”

मन्त्रालयले भनेको छ, “लगानी, उपभोक्ता खर्च र निर्यातमा भएको वृद्धिले आयातमा आएको गिरावटलाई आंशिक रूपमा पूर्ति गरेको छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com