२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर कोरियाली नागरिकको मृत्यु

तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।

दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उनले दिनुभयो ।

शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।