भानुआटुमा भूकम्प : अमेरिकाद्धारा सहयोगको प्रतिबद्धता


प्रकाशित मिति : पुस ३, २०८१ बुधबार

टापुहरुको समूह भानुआटुमा गएको भूकम्पका कारण अमेरिकी दुतावासमा क्षति पुगेको छ ।

त्यहाँको प्रहरीका अनुसार अमेरिकासहित फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासहरूमा भूकम्पले क्षति पुराएको हो ।

विद्युत् आपूर्ति र मोबाइल सेवा पनि प्रभावित भएका छन् । ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि रातभर पराकम्पनहरू गएका छन ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायता समन्वय कार्यालयका अनुसार भूकम्पको सबैभन्दा खराब असरले करिब १ लाख १६ हजार मानिस प्रभावित हुन सक्ने संभावना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छिमेकी अष्ट्रेलियाले खोज तथा उद्धार कार्यमा मद्दत गर्न टोली पठाउने घोषणा गरेको छ । अमेरिका र फ्रान्सले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् ।

मृत्यु हुनेको संख्या चिनियाँ २ सहित १४ पुगेको छ । २ सय भन्दा बढि घाइते भएका छन । उद्धार टोलीहरू भग्नावशेषहरूमा जीवित मानिसहरूको खोजी गरिरहेका छन् ।

उद्धारकर्ताहरूले मानिसहरूलाई बचाउन ह्याम्मर, ग्रिन्डर, र कङ्क्रिट काट्ने उपकरणजस्ता साधन प्रयोग गरेका थिए । भानुआटु ८० वटा टापुहरूको समूह हो । फिजीको पश्चिम र उत्तर अष्ट्रेलियाको हजारौं किलोमिटर पूर्वमा अवस्थित छ ।

यो भौगर्भिक रूपमा सक्रिय क्षेत्रमा पर्दछ । जहाँ ठूला भूकम्प र अन्य प्राकृतिक प्रकोप बारम्बार हुने गर्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com