परिवारमा आधारित ५ लाख ग्रिनकार्ड आवेदन र २२ लाख पिटिसन युएससीआईएसमा पेन्डिङ


प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार

परिवारमा आधारित २२ लाख ३५ हजार ७ सय ९९ आई १३० पिटिसनहरु पेन्डिङ अवस्थामा रहेको रिपोर्ट युएससीआईएसले प्रकाशित गरेको छ । अक्टोबरको रिपोर्ट अनुशार ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहेका आई १३० आवेदनहरुको संख्या १८ लाख १५ हजार ३ सय ४३ रहेको छ ।

अक्टोबरमा आई १३० आवेदनको निर्णयका लागि लाग्ने औषत अवधि झण्डै साढे १८ महिना रहेको छ । युएससीआईएसका अनुशार अक्टोबरमा ८७ हजार ४ सय ८९ आई १३० आवेदनहरु प्राप्त भएका थिए भने ५५ हजार ८८४ आवेदनहरु स्वीकृत भएका थिए । अस्वीकृत आवेदनको संख्या ७५ सय ४५ रहेको थियो ।

पेन्डिङ अवस्थामा रहेका परिवारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को संख्या भने ५ लाख २९ हजार ८१६ रहेको छ, जसमध्ये ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहेका परिवारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को संख्या ३ लाख ३२ हजार ३ सय ३६ रहेको छ । अक्टोबरमा परिवारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को निर्णयका लागि लाग्ने औषत अवधि झण्डै १३ दशमलव ३ महिना महिना रहेको छ ।

अक्टोबरमा ४७ हजार ६८९ परिवारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ प्राप्त भएकोमा ३० हजार ४३ आवेदन स्वीकृत भएका थिए भने ४ हजार ९ सय ५९ आवेदन अस्वीकृत भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै एसाइलममा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को पेन्डिङ संख्या अक्टोबरमा ८१ ह्जार ७ सय ७५ रहेको छ । ६ महिनाभन्दा लामोसमयदेखि पेन्डिङ एसाइलममा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को संख्या ५० हजार ६ सय ७२ रहेको छ ।

अक्टोबरमा ७ हजार ५ सय ३० एसाइलममा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन प्राप्त भएका थिए भने १० हजार ५ सय ११ आवेदन स्वीकृत भएका थिए । अस्वीकृत आवेदनको संख्या २८९ रहेको थियो । अक्टोबरमा एसाइलममा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को निर्णयका लागि लाग्ने औषत अवधि झण्डै १२ दशमलव ३ महिना महिना रहेको छ ।

पेन्डिङ अवस्थामा रहेका रोजगारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को संख्या भने १ लाख ८३ हजार ३४२ रहेको छ, जसमध्ये ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहेका रोजगारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को संख्या १ लाख ४० हजार ६ सय ५५ रहेको छ । अक्टोबरमा रोजगारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ को निर्णयका लागि लाग्ने औषत अवधि झण्डै ११ दशमलव २ महिना महिना रहेको छ ।

अक्टोबरमा ४७ हजार ६८९ परिवारमा आधारित ग्रिनकार्ड आवेदन आई ४८५ प्राप्त भएकोमा ३० हजार ४३ आवेदन स्वीकृत भएका थिए भने ४ हजार ९ सय ५९ आवेदन अस्वीकृत भएका थिए ।

युएससीआईएसका अनुशार अक्टोबरमा ११ लाख ७८ हजार १ सय २८ वर्क परमिट आवेदनहरु युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेका छन् जसमध्ये ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहेका वर्क परमिट आवेदनको संख्या ५ लाख २८ हजार ७८९ रहेको छ । यद्यपी वर्क परमिट स्वीकृत गर्न लाग्ने औषत अहिले ३ महिनामात्र रहेको युएससीआईएसको रिपोर्टमा उल्लेख छ ।

अक्टोबरमा ४ लाख २८ हजार ८६० वर्क परमिटका आवेदनहरु युएससीआईएसमा प्राप्त भएका थिए भने ४ लाख १९ हजार ९ सय ७१ आवेदनहरु स्वीकृत भएका थिए । अस्वीकृत आवेदनको संख्या २९ हजार ८ सय २९ रहेको थियो ।

अक्टोबरमा ५ लाख २१ हजार ४ सय १८ अमेरिकी नागरिकता आवेदनहरु पेन्डिङ अवस्थामा रहेका थिए । ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहेका अमेरिकी नागरिकता आवेदनको संख्या १ लाख १ हजार ९६४ रहेको छ । अक्टोबरमा अमेरिकी नागरिकता आवेदनमा निर्णयका लागि औषत अवधि ६ महिना रहेको थियो ।

अक्टोबरमा ८१ ह्जार १ सय १८ अमेरिकी नागरिकता आवेदन प्राप्त भएका थिए भने ७२ हजार ६ सय ८१ नागरिकता आवेदन स्वीकृत भएका थिए । ६ हजार ८७ नागरिकता आवेदन अस्वीकृत भएको युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com