तरकारी बेचेर दैनिक १५ सयसम्म आम्दानी गर्दै महिलाहरु


प्रकाशित मिति : भाद्र १७, २०८१ सोमबार

कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । दाङ लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्नुहुन्छ ।

८ कट्ठा जमिनमा खेती गर्नुभएकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाउनुभयो ।

उहाँले बारीमा फलेका तरकारी बजारमा बिक्री गर्न दौँतरीसँग बिहान ५ बजे गाउँबाट निस्कने गरेको बताउनुभयो । तरकारी बिक्रीबाट भएको आम्दानीले बजारबाट घर जाँदा आवश्यक सामग्री खरिद गरेर फर्किन्छु ।

बजारका घरघरमा पुगेर तरकारी बेच्दा दुःख हुने अनुभव सुनाउँदै दुखराजीले स्वरोजगार बनेर आम्दानी भएकाले आर्थिक अभाव भने नरहेको उहाँको भनाइ छ । उहाँ जस्तै लमही–३ मजगाउँ निवासी ५३ वर्षीया कैलासपति चौधरी पनि तरकारी बिक्री गर्न दैनिक लमही बजार आउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मौसमअनुसार उत्पादन भएका तरकारीसँगै आर्थिक आम्दानी गर्ने उद्देश्यले यहाँका महिला बजारसम्म आउने गरेका छन् । यसरी दैनिक तरकारी बिक्रीबाट ६ सयदेखि १ हजार ५ सयसम्म आम्दानी हुने गरेको कैलासपतिले जानकारी दिनुभयो ।

बजारमा तरकारी डुलाएर बेच्दा राम्रो मूल्य पाइने मजगाउँ निवासी शारदाकुमारी चौधरीले बताउनुभयो । व्यापारीलाई दिँदा मूल्य कम पाइने भएकाले आफैँले तरकारी बोकेर बजार पु¥याउने गरेको उहाँको भनाइ छ ।

तरकारी बिक्रीबाट घरखर्चसँगै छोराछोरीको पढाइ खर्च जुटाउने गरेको शारदाकुमारीले बताउनुभयो । तरकारी बिक्री गर्ने निश्चित र व्यवस्थित ठाउँ भएमा व्यावसायिक तरकारी बिक्री गर्ने महिलालाई सहज हुने उहाँले उल्लेख गर्नुभयो ।

६ कट्ठा खेतमा तरकारीखेती गरेको भन्दै उहाँले उत्पादन भएको कृषिउपज आफैँ बजारसम्म लगेर बिक्री गर्दै आएको बताउनुभयो ।

तरकारीबाट भएको आम्दानीले जीविकोपार्जन गर्न सहज भएको उहाँको भनाइ छ । उहाँहरु मात्र होइन, बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्नुहुन्छ ।

तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको उहाँहरुले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com