दशैँको यात्रा कष्टकर हुने चिन्ता


प्रकाशित मिति : भाद्र १९, २०७४ सोमबार

नारायणघाट-मुग्लीन सडक तत्काल सुधार हुन नसक्ने अवस्था र भाडा बढाउन नपाएर असन्तुष्ट भएका यातायात व्यवसायीका कारण दशैं, तिहार र छठ जस्ता चाडपर्वमा यात्रुले सास्ती भोग्नुपर्ने अवस्था देखिएको छ।

यात्रुचापको कारण विगतमा जस्तो दुर्घटना नहोस् भन्नाका लागि कडाइका साथ निगरानीको तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।

तर यातायात व्यवसायीहरुले भने चाडपर्व सकिएपछि लागू हुनेगरी भाडादर बढाईनुपर्ने सहितका माग राखेका छन्।

दशैंमा घरजाने यात्रुकालागि आगामी बिहिबारदेखी लामो र मध्यम दूरीमा चल्ने सवारी साधनको अग्रीम टिकट बिक्री खुला गर्ने तयारी गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुग्लिन-नारायणघाटको सास्ती कहिलेसम्म?

तयारी

तर यातायात व्यवसायीले भने सडक र मौसमको अनुकूलता भएमात्र टिकट खुल्ला गर्ने प्रकिया सहज हुने बताएका छन्।

देशको तराई-पहाड छिचोल्ने एक प्रमुख मार्ग नारायणघाट-मुग्लीन सडकको दुरावस्था र अन्य वैकल्पिक सडकहरु साँघुरो र एकतर्फीमात्र चल्न सक्ने भएकाले विभिन्न विकल्पबारेमा छलफल जारी रहेको यातायात व्यवस्था विभागको भनाई छ।

विभागका प्रवक्ताले टोकराज पाण्डे भन्छन्, ”पश्चिमतर्फ जाने लामो रुटको गाडीहरुलाई पोखराहुँदै बुटवल निकाल्ने व्यवस्था गर्ने र पूर्वतर्फ जाने छोटो दुरीका सवारी साधनलाई बीपी राजमार्ग प्रयोग गर्न दिने र ठूलो सवारी साधनका लागि त्रिभुवन राजपथलाई वैकल्पिक राजमार्गको रुपमा प्रयोगमा ल्याउने र मुग्लीन नारायणघाट खण्डको पनि स्तरोन्नती गर्ने हाम्रो तयारी छ।”

यातायात ब्यवसायीले भने वैकल्पिक बाटोहरु लामो हुने भएकोले सोही अनुरुप भाडा दर कायम हुनुपर्ने र लामो समयदेखी भाडा समायोजन हुन नसकेकाले चाडपर्वपछि भाडा बढाउनुपर्ने सर्त अघि सारेका छन्।

यात्रुले २०-३० किलो भन्दा बढी सामान नबोक्न सरकारले आग्रह गरेको छ र त्यसका लागि अतिरिक्त भाडा नतिराउन व्यवसायीलाई सजग गराइएको बताएको छ।

कठिन

तर व्यापारिक प्रयोजन बाहेकका यात्रुका सामान बोक्न छत अनिवार्य भएको बताउँदै व्यवसायीले सरकारले गत बर्ष गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

बसदशैँको बेला सार्वजनिक बसको यात्रा असुरक्षित हुने गरेका चिन्ताहरु पनि प्रकट भइरहन्छन्

तर तत्काल त्यसमा पुनर्विचार गर्न सम्भव नहुने सरकारी अधिकारीको भनाई छ।

तर सरकारको योजना व्यवहारिक नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलराज खनालले बताए।

उनले भने, ”पूर्व जानका लागि नौबिसेको सडक पनि अत्यन्त साँघुरो छ। केही उपाय नलागेपछी त्यो सडकमा एकतर्फी जाने भनेर त भनेको मात्रै हो। सिन्धुली हुँदैजाने सडकमा सानो सवारी बाहेक अरु कुनै जानसक्ने अवस्था छैन। त्यसैले सरकारले चाडपर्वका लागि भनेर बनाएको योजना लागू गर्न कठिन छ।”

दशैंको बेला निजी र सार्वजनिक सवारी साधनमा गरि झण्डै २० लाख यात्रु काठमाण्डू उपत्यकावाट बाहिरिने अनुमान गरिएको छ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com