एसाइलमको नियम कडा बनाउने प्रस्ताव ल्याउँदै बाइडेन प्रशासन, अयोग्यलाई तुरुन्तै देशनिकाला
प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार
Migrants cross the Rio Grande towards the U.S.-Mexico border in Ciudad Juarez, Mexico, Tuesday, Dec. 20, 2022. The U.S. Supreme Court issued a temporary order to keep pandemic-era limits on asylum-seekers in place, though it could be brief, as conservative-leaning states push to maintain a measure that allows officials to expel many but not all asylum-seekers. (AP Photo/Christian Chavez)
बाइडेन प्रशासनले बिहीबार एसाइलमबारे नयाँ नियम प्रस्ताव गर्ने योजना बनाएको छ । यो नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको छ । सीमा संकटको विषय अहिले मुख्य मुद्दा बनिरहेको सन्दर्भमा बाइडेन प्रशासनले एसाइलमबारे कडा नियम ल्याउन लागेको हो ।
यसले आपराधिक रेकर्ड भएका आप्रवासीहरूलाई वा अन्य तरिकाले शरणको लागि अयोग्य मानिनेहरूलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राख्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बिहीबार घोषणा गर्ने योजना बनाएको यो नियमले राष्ट्रिय सुरक्षा जोखिमहरू निम्त्याउनेहरुलाई निशाना बनाउने छ ।
यस प्रस्तावको अर्थ उनीहरूलाई समीक्षा प्रक्रियाको प्रारम्भिक चरणमा नै देश निकाला गर्न सकिनेछ, जुन कहिलेकाहीं वर्षौं लाग्छ। यो प्रस्ताव औपचारिक सार्वजनिक टिप्पणी अवधिमा जान आवश्यक हुन्छ र यसलाई अन्तिम रूप दिन केही समय लाग्नेछ।

हालको कानून अन्तर्गत सीमामा आइपुगेको आप्रवासीको क्रेडिबल फियर अन्तरवार्ताबाट प्रारम्भिक स्क्रीनिंग गरिन्छ । उनीहरूसँग आपराधिक पृष्ठभूमि भए पनि वा उनीहरुबाट सुरक्षा जोखि भएपनि प्रक्रिया जारी राख्न अनुमति दिइन्छ। अध्यागमन अदालतका न्यायाधीशले पछि त्यो आप्रवासी शरणको लागि योग्य भए नभएको निर्धारण गर्नेछन्।
नयाँ परिवर्तनले प्रारम्भिक स्क्रिनिङ चरणमा न्यायाधीशको निर्णय नपर्खी एक अधिकारीले नै देशनिकालाको प्रकृयामा लैजान सक्नेछन् । नयाँ प्रस्तावले आप्रवासीहरूको तुलनात्मक रूपमा सानो समुहलाई असर गर्ने जनाइएको छ ।






