अस्थिरताको जोखिम देखाउँदै धनी अमेरिकनले धमाधम दोस्रो देशको समेत पासपोर्ट लिंदै


प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार

passport book on floor

फोटो: जेरेमी डोरोघ

धनी अमेरिकी परिवारहरूले आफ्नो वित्तीय जोखिमलाई मध्यनजर गर्दै दोस्रो देशको नागरिकता र स्थायी आवासका लागि आवेदन दिने क्रम बढ्दो रहेको रिपोर्ट प्रकाशित भएको छ । धनी अमेरिकीहरुले यदि अमेरिका छाड्न आवश्यक भएको खण्डमा दोस्रो, र तेस्रो वा चौथो देशको नागरिकता समेत लिइरहेको पाइएको छ ।

अमेरिकीहरू अब वैकल्पिक निवास वा थप नागरिकताहरू सुरक्षित गर्ने कुरामा विश्वका विकशित अन्य देशका नागरिकहरुभन्दा धेरै रहेको जनाइएको छ । अमेरिकाको पासपोर्ट शक्तिशाली भएतापनि धनीहरुले भविश्यमा आउनसकने अस्थिरता र अनिश्चितताको स्तरहरूको सामना गर्न विकल्पहरु आफूसँग राख्न थालेका हुन् ।

दोस्रो देशको नागरिकता लिने हालैका हाईप्रोफाइल अरबपतिमा प्राविधिक लगानीकर्ता पिटर थिल हुन् । जसले आफूसँग न्यूजील्याण्डको नागरिकता थपेका छन् । त्यस्तै गुगलका पूर्व सीईओ एरिक स्मिटले साइप्रसको नागरिकताको लागि आवेदन दिएका थिए ।

धनीहरूले आफ्नो अमेरिकी नागरिकता खारेज गर्न चाहेका भने छैनन् । अत्यन्तै थोरै संख्यामा मात्र अमेरिकीहरूले प्रत्येक वर्ष आफ्नो अमेरिकी नागरिकता त्यागेर अर्को देशको नागरिकता लिएको पाइन्छ । मुख्यतया ट्याक्सफाइल लगायतका आवश्यकताहरूको कारणले उनीहरुले नागरिकता त्यागेका छन् । तर धेरै धनी अमेरिकीहरूले भने आफ्नो अमेरिकी राहदानीका अतिरिक्त अन्य देशको नागरिकता कार्यक्रममा समावेश भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकीहरूले दोश्रो पासपोर्टका लागि पोर्चुगल, माल्टा, ग्रीस र इटाली लगायतका देशहरु रोज्ने गरेका छन् । पोर्चुगलको गोल्डेन भिसा कार्यक्रम विशेष गरी अमेरिकीमाझ लोकप्रिय छ किनकि यसले ५ लाख युरो लगानी गरेपछि नागरिकता र आवासको लागि मार्ग प्रदान गर्दछ। माल्टाले ३ लाख युरो रियल इस्टेटमा लगानी गर्नेलाई गोल्डेन भिसा प्रदान गर्दछ, जुन अमेरिकीहरूमा विशेष रूपमा लोकप्रिय भएकोछ ।

वैकल्पिक राहदानीले अमेरिकासँग मित्रवत सम्बन्ध नभएका संसारका देशहरुमा जानका लागि समेत अमेरिकीहरूलाई सजिलो बनाउँछ। अर्को कारण विजनेश ट्राभल हो, जुन धेरै देशहरूमा गैर अमेरिकी राहदानीका साथ गर्दा सुरक्षित हुन सक्छ। किनभने अमेरिकी व्यापारीहरु कतिपय देशमा अपहरण वा बन्धक हुने उच्च जोखिममा हुन्छन् ।

विश्वव्यापी रूपमा सन् २०२४ मा अर्बपतिहरुको बसाइँसराई नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ । युद्धहरू, सम्पत्तिमा सरकारी कारवाही र राजनीतिक अनिश्चितताले धेरै धनी बासिन्दाहरू अन्य देशहरूमा जान्छन् । यस वर्ष १ लाख २८ हजार अर्बपतिहरु नयाँ देशमा सर्ने पूर्वानुमान गरिएको छ । सन् २०२३ मा यो संख्या १ लाख २० हजार थियो । यसरी बसाई सर्ने धनीहरुका लागि अमेरिकापनि आकर्षक गन्तव्य भएको छ । किनभने सन् २०२३ मा २२ सय अर्बपतिहरु अमेरिकामा बसाई सरेका थिए भने यो बर्ष ३५ सयले सर्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com