एडीबीद्वारा जर्जियामा सिँचाइ प्रणालीको आधुनिकीकरण गर्न ४८ मिलियन अमेरिकी डलर ऋण


प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार

abundance achievement bank banknotes

Photo by Pixabay on Pexels.com

एसियाली विकास बैंक (एडीबी) ले जर्जियामा कृषि सिँचाइ प्रणालीको आधुनिकीकरण र संस्थागत सुधारका कार्यक्रमलाई सहयोग गर्न शुक्रबार ४८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।

जलवायु मैत्री परिस्थिति निर्माण र उत्पादकता बढाउने उद्देश्यका साथ सो कार्यक्रम त्यहाँको कृषि क्षेत्रमा गरिएको बैङ्कको यस किसमको पहिलो संलग्नता हो । यस परियोजनाबाट त्यहाँ आधुनिक तरिकाले पाइपजडित सिँचाइ सञ्जाल निर्माण गर्नेछ ।

कार्यक्रमले जर्जियाको दिगो जलस्रोत व्यवस्थापन र सिँचाइ सेवा प्रवर्धनका लागि कुशल सरकारी स्वामित्वमा आधारित उद्यमको लागि नीति र संस्थागत सुधार गर्ने लक्ष्यलाई सयोग गर्ने बैङ्कले जनाएको छ

‘जर्जियासँग कृषि क्षेत्रको विकास गर्न र अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउने अपार सम्भावना छ,’ मध्य र पश्चिम एशियाका लागि एडीबीका महानिर्देशक येभगेनी झुकोभले उल्लेख गर्नु भएको छ । ‘यो नयाँ कार्यक्रमले जर्जियालाई कृषि प्रणालीको आधुनिकीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न र स्थानीय जनताका लागि व्यापारका अवसरहरू खोल्न मद्दत गर्नेछ,’  झुकोभले भन्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com