नोबेल शान्ति पुरस्कारबाट सम्मानित जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदी को हुन् ?


प्रकाशित मिति : आश्विन १९, २०८० शुक्रबार

यस वर्षको नोबेल शान्ति पुरस्कार कारागारमा बन्दी इरानी मानवअधिकारकर्मी नर्गेस मोहम्मदीलाई प्रदान गरिएको छ । ५१ वर्षीया नर्गेस मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै २०११ देखि कैयौँ पटक जेल परेकी थिइन् ।

नर्गेसलाई इरानमा महिला अधिकार र मानवअधिकारको संरक्षणमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

नर्गेस नोबेल पुरस्कार विजेता शिरिन इबादीले स्थापना गरेको ‘डिफेन्डर अफ ह्युमन राइट्स सेन्टर’की उपप्रमुख हुन् । बीबीसीले सार्वजनिक गरेको विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नर्गेसलाई पनि समावेश गरिएको छ ।

नोबेल पुरस्कार विजेता छनोट गर्ने समितिका अनुसार नर्गेस मोहम्मदीले इरानमा महिला उत्पीडनका विरुद्ध धेरै लडाइँ लडेकी छन् र देशमा सबैको मानवअधिकार र स्वतन्त्रताका लागि लड्दै आएकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओस्लोमा रहेको नर्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रेइस एन्डरसनले भने, “इरान सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको छ, पाँच पटक दोषी ठहर गरेको छ र ३१ वर्षको जेल सजाय सुनाएको छ।” उनी अझै जेलमै छिन् ।

नर्गेसलाई शान्ति पुरस्कार दिने नोबेल समितिको यो निर्णय देशमा महिला स्वतन्त्रता आन्दोलन सुरु भएको एक वर्षपछि आएको हो ।

गत वर्ष सेप्टेम्बर २०२२ मा नैतिक प्रहरी हिरासतमा २२ वर्षीया महशा अमिनीको मृत्यु भएपछि यी आन्दोलनहरू सुरु भएका थिए। चाँडै देशभर व्यापक विरोधहरू फैलियो र महिला स्वतन्त्रतादेखि लिएर सत्ताको उल्ट्याउनसम्मका मागहरू थिए।

महिलाहरूले सार्वजनिक रूपमा कपाल काटेर टाउकोमा स्कार्फ जलाए। प्रदर्शनकारीले ‘महिला, जीवन, स्वतन्त्रता’ नारा लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com