उज्बेकिस्तानको तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, १७ वर्षीय किशोरको मृत्यु


प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार

Uzbekistan Tashkent Explosion

उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“विष्फोटमा परी १७ बर्षीय एक किशोरको मृत्यु भएको छ,” उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको छ । मन्त्रालयका अनुसार उक्त घटनामा थप १६२ जना घाइते भएका छन् ।

आपतकालीन व्यवस्था मन्त्रालयले शक्तिशाली चट्याङका कारण विमानस्थल क्षेत्रको गोदाममा ‘आगो लागेपछि विस्फोट भएको’ जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये १३८ जना सामान्य घाइते भएका छन् भने अन्य २४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा आगोको ज्वाला र धुवाँको मुस्लो रातको आकाशमा माथिसम्म पुगेको देखिएको छ ।

विस्फोटबाट आसपासका केही घरका झ्यालहरू फुटेका थिए भने भित्री भागमा क्षति पुगेको थियो ।

घटनास्थलमा रहेका एएफपीका एक सम्वाददाताका अनुसार उद्धारकर्मीले आगलागीको केही घण्टापछि आगो नियन्त्रणमा लिएको र उद्धारमा खटिएका एक एम्बुलेन्सका घाइते कर्मचारीलाई बाहिर निकालेका छन् । पनि विस्फोटको आवाज आगलागी भएको केही घण्टापछि पनि सुनिएको थियो ।

उज्बेकिस्तानको राष्ट्रिय समाचार संस्था उजाका अनुसार देशको सबैभन्दा ठूलो विमानस्थल आगलागीपछि पनि सामान्य रूपमा सञ्चालनमा छ ।

उज्बेकिस्तान मध्य एसियाली पूर्व सोभियत गणराज्यहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पुराना उपकरण र सुरक्षा मापदण्डको पालना नहुनुका कारण आगलागी हुनुलाई यहाँ सामान्य र नियमित घटनाका रूपमा हेरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com