च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने


प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार

‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ ।

अहिलेसम्म, प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रियाहरू पूराना जानकारीमा आधारित थिए, जसमा अगस्त २०२१ पछिको जानकारी समावेश गरिएको थिएन ।

“च्याटजीपीटीले अब स्रोतहरूसँग सीधा लिङ्कहरूको साथ इन्टरनेटमा खोजी गर्न सक्छ र तपाईंलाई वर्तमान र आधिकारिक जानकारी प्रदान गर्छ,” ओपनएआईले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत् सार्वजनिक एक सूचनामा जानकारी गराएको छ ।

पोष्टमा भनिएको छ, “यो अब सेप्टेम्बर २०२१ भन्दा अघिको जानकारीमा मात्र सीमित छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नवीनतम सुविधाले वेबसाइटहरूलाई च्याटजीपीटीले उनीहरूसँग कसरी अन्तरक्रिया गर्दछ भनेर नियन्त्रण गर्न अनुमति दिने पनि जनाइएको छ ।

ओपनएआईले जुनमा आफ्ना पैसा तिरेका ग्राहकहरूका लागि अद्यावधिक सार्वजनिक गरेको थियो, तर प्रयोगकर्ताहरूले इन्टरनेट सामग्रीमा पैसा तिरेका ग्राहकहरूको सूचना चोरी गर्न सफल भएपछि यो अवधारणालाई खारेज गरेको थियो ।

’ब्राउज विथ बिङ’ नाम दिइएको यो सुविधा च्याटजीपीटी प्लस र उद्यम सेवाका ग्राहकका लागि पनि आरक्षित छ, तर ओपनएआईले यो चाँडै नै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने बताएको छ ।

च्याटजीपीटीले यसको प्रतिक्रियाहरूको साथ प्रत्यक्ष स्रोतहरू पनि उद्धृत गर्नेछ, जुन अब कार्यक्रमको प्रकाशकले नियन्त्रण गर्ने एकल जानकारीमा आधारित हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com