गणेश चतुर्थीको साइत पारेर भारतीय सांसदहरू नयाँ संसद् भवनमा
प्रकाशित मिति : आश्विन २, २०८० मंगलबार
Indian lawmakers walk in a queue to enter new Parliament building, in New Delhi, India, Tuesday, Sept.19, 2023. The new building was built at an estimated cost of $120 million. It’s part of a $2.8 billion revamp of British-era offices and residences in central New Delhi. (AP Photo)
गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसद्बाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् ।
बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन् । नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्नसक्नेछ । उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको थियो । विपक्षी दलका सांसदले उक्त समारोह वहिष्कार गरेका थिए ।

सभामुखले आजका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । यसै मेसोमा नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन् । आज भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेश गरिएको थियो ।






