भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, भारतको अर्को खेल नेपालसँग
प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार
Pakistan’s Naseem Shah (R) gestures during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Pakistan at the Pallekele International Cricket Stadium in Kandy on September 2, 2023. (Photo by Ishara S. KODIKARA / AFP)
श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कप भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा २६६ रन बनाएको थियो । वर्षाका कारण पाकिस्तानको इनिङ्सको एक ओभर पनि बलिङ हुन सकेन ।
भारतका लागि हार्दिक पाण्ड्याले ८७ र इशान किशनले ८२ रन बनाए । भारतका बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ विकेट लिए ।
पाकिस्तान र भारत दुवै टोलीले एक–एक अंक जोडेका छन् । पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारतको अर्को खेल नेपालसँग हुनेछ । यो खेल सेप्टेम्बर ४ मा हुनेछ ।






