विश्वमै पहिलोपटक मानव मस्तिष्कमा ८ सेन्टिमिटर लामो कीरा भेटियो


प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार

अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन् ।

यी महिला मूलतः इङ्गल्याण्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो ।

यो रातो रङको कीरा महिलाको दिमागमा करिब दुई महिनादेखि बसेको हुनुपर्छ ।  अन्वेषकहरूले अब चेतावनी दिएका छन् –  ‘यस केसले जनावरबाट मानिसमा रोग र संक्रमण फैलाउने जोखिम कसरी बढ्दै छ भन्ने तर्कलाई बल दिन्छ।’

क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, “अपरेटिङ थिएटरमा रहेका सबैजना स्तब्ध भए जब डाक्टरले केहि असामान्य देखे र यसलाई हटाए, जुन जीवित आठ सेन्टिमिटर लामो रातो कीरा हो।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यो पूर्णतया नयाँ प्रकारको संक्रमण हो, जुन आज भन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन।” अष्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरु प्राय पाइने चिकित्सकहरु बताउँछन् ।

वैज्ञानिकहरूका अनुसार सम्भवतः ती महिला तालको छेउमा बस्छिन् र वरिपरि फलेको हरियो सागसब्जी खाएर यो कीरा उनको दिमागमा पुगेको थियो ।

इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले अनुमान गरेका छन् कि ती महिलाले अजिङ्गरको मल र परजीवीको अण्डाबाट दूषित पातहरू खाएको हुन सक्छ।

बिरामीलाई जनवरी २०२१ को अन्तिम हप्तामा अस्पतालमा भर्ना गरिएको थियो। अहिले ती महिला निको भैरहेकी छन् । -बीबीसीबाट 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com