चन्द्रयान-३ को विक्रम ल्यान्डर आज अन्तरिक्ष यानबाट अलग गरिने


प्रकाशित मिति : श्रावण ३२, २०८० बिहीबार

चन्द्रयान-३ को विक्रम ल्यान्डर आज स्पेसक्राफ्टको प्रोपल्सन मोड्युलबाट अलग हुनेछ। चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको पाँचौं र अन्तिम कक्षमा प्रवेश गरेको छ र आज ल्यान्डर विक्रमलाई अलग गर्ने प्रक्रिया सुरु हुनेछ ।

ल्यान्डर र रोभर प्रज्ञानले अगस्ट २३ मा चन्द्रमामा अवतरण गर्ने अपेक्षा गरिएको छ । चन्द्रमामा अवतरण गरेपछि, विक्रम ल्यान्डरले प्रज्ञान रोभरको तस्बिर लिनेछ, जसले चन्द्रमाको सतहमा भूकम्पीय गतिविधिको अध्ययन गर्नेछ।

भारतको महत्वाकांक्षी चन्द्र मिशन चन्द्रयान-३ ले बुधबार आफ्नो पाँचौं र अन्तिम चन्द्रमाको परिक्रमा पूरा गर्‍यो, जसले अन्तरिक्ष यानलाई चन्द्रमाको सतहको नजिक ल्यायो। अब सम्पूर्ण कक्षा पूरा गरेपछि, विक्रम ल्यान्डर स्पेसक्राफ्ट प्रोपल्सन मोड्युलबाट अलग हुनेछ।

यसअघि, आइएसआरओबाट ट्वीट गरेर भनिएको थियो, “चन्द्रयान-३ चन्द्रमाको १५३ किमी x १६३ किमीको कक्षामा स्थापित भएको छ, जुन पहिले नै अनुमान गरिएको थियो। यससँगै चन्द्रमाको सीमामा प्रवेश गर्ने प्रक्रिया पूरा भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चन्द्रयान–३ जुलाई १४ मा प्रक्षेपण गरेपछि अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । यसपछि यो अगस्ट ६, ९ र १४ मा चन्द्रमाको अर्को कक्षामा प्रवेश गर्यो र चन्द्रमाको नजिक हुँदै गयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com