इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या


प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार

इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ ।

देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोलाई उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छोडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको थियो।

कारमा बस्नेबित्तिकै उनीमाथि गोली चल्न थाल्यो । उनको चुनावी टोलीका एक सदस्यले स्थानीय मिडियालाई भने – ‘भिल्लाभिसेन्सियो कारमा बसिरहेका थिए जब एक व्यक्तिले उनको टाउकोमा गोली हानेको थियो।’

राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई उन्मुक्ति नदिने वाचा गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीन पटक गोली लागेको थियो । इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमा भने – ‘संदिग्धलाई पनि सुरक्षाकर्मीहरूले जवाफी फायरिङमा गोली हानेको थियो र पछि मृत्यु भयो।’

देशमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन अगस्ट २० मा सुरु हुँदैछ।

राष्ट्रपति लासोले घटनाबाट आफू स्तब्ध भएको बताए । उनले मुलुकमा संगठित अपराध धेरै बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार उनीहरुमाथि नै पर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com