युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण, कुनै हताहत नभएको रूसको दाबी


प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार

युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको तर कुनै पनि व्यक्तिको मृत्यु नभएको क्षेत्रीय गभर्नरले सोमबार बताउनुभएको छ ।

अलेक्जेन्डर बोगोमाजले टेलिग्राममा भन्नुभएको छ, “युक्रेनी सेनाले ट्रुब्चेभ्स्की जिल्लामा राति आक्रमण गरेको छ । यस जिल्लाको प्रहरी चौकीमा एउटा ड्रोन ठोक्किएको थियो । आक्रमणबाट झ्याल र छानामा क्षति पुगेको छ तर कुनै हताहती भने भएको छैन ।”

मस्को र क्रिमिया प्रायद्वीपलाई लक्षित गरी युक्रेनी ड्रोन खसालिएको र यसले राजधानीका दुई कार्यालय टावरमा क्षति पु¥याउनुका साथै एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि उडान अवरूद्ध भएकोे रूसले जनाएको छ ।

मस्कोलाई लक्षित गरी बनाइएको एउटा ड्रोन शहरको बाहिरी इलाकामा खसालेको र अन्य दुई ड्रोनलाई ‘इलेक्ट्रोनिक वारफेयरले दबाएर’ कार्यालय परिसरमा खसालेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर (३१० माइल) टाढा रहेको मस्को र यसको वरपरको इलाकालाई युक्रेनमा जारी द्वन्द्वका बेला यस वर्ष कैयौँ ड्रोन आक्रमण भए पनि यसले कमै मात्रमा मानवीय निशाना बनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com