नोबेल पुरस्कार विजेता युनुसलाई १० लाख डलरबढी कर तिर्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण ८, २०८० सोमबार

बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर तिर्न आदेश दिएको छ ।

हाल प्रधानमन्त्री शेख हसिनासँग टाढिएका भनिएका आफ्नो अग्रणी माइक्रो क्रेडिट बैंकबाट लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय पाएका ८३ वर्षीय युनुसलाई सामाजिक कामका नाममा गरिबहरूको ‘रगत र पसिना चुस्दै’ आएको आरोप लगाइएको छ ।

उहाँलाई सन् २००६ मा आर्थिक विकासका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

युनुसका वकिल सरदर जिन्नत अलीले एएफपीसँग भन्नुभयो, “सर्वोच्च अदालतले हामीले तल्लो अदालतबाट भएको आदेशको खारेजीका लागि गरेको निवेदन खारेज गरिदिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलीले भन्नुभयो, “तल्लो अदालतको निर्णयलाई सदर गर्दै अदालतले आइतबार युनुसलाई भुक्तानी गर्नैपर्ने फैसला सुनाएको छ ।” बङ्गलादेशको कानूनले ट्रस्टलाई चन्दाको लागि कर छूटको व्यवस्था गरेको छैन ।

युनुसले सन् २०११ देखि २०१४ को बीचमा प्रोफेसर मोहम्मद युनुस ट्रस्ट, युनुस फ्यामिली ट्रस्ट र युनुस सेन्टरलाई ७६ करोड ७० लाख टाका (७० लाख अमेरिकी डलर) दान गर्नुभएको थियो ।

अदालतले उहाँलाई १५ करोड टाका (१.४ करोड अमेरिकी डलर) को कूल कर बिल तिर्न आदेश दिएको छ, जसमध्ये ३० मिलियन टाका उहाँले करस्वरूप पहिले नै तिरिसक्नुभएको छ ।

युनुसले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत दशौं लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बङ्गलादेशको चरम गरिबी उन्मूलनमा मद्दत पु¥याउनुभएको थियो ।

गत वर्ष बङ्गलादेशको भ्रष्टाचार विरोधी निगरानी निकायले युनुसको अध्यक्षता गर्ने फर्महरूको विस्तृत अनुसन्धान गर्न आदेश दिएको थियो र हसिनाले उहाँमाथि व्यक्तिगत रूपमा आलोचना गर्नुभएको थियो ।

गत वर्षको जुनमा ढाका नजिकैको पुल खुल्दा हसिनाले युनुसलाई ‘नदीमा डुबाउनुपर्ने’ बताउनु भएको थियो ।

गत मार्चमा संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान की मुन र पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनसहित ४० जना विश्व व्यक्तित्वले संयुक्त पत्र लेख्दै बङ्गलादेशलाई युनुसमाथिको ‘अनुचित’ आक्रमण र उत्पीडन रोक्न आग्रह गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com