कीर्तिमानी सरुवा नजिक नेयमर


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

श्रावण १९, २०७४- ब्राजिली युवा स्टार नेयमर २२ करोड २० लाख युरो (२६ करोड ३० लाख डलर) मा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सरुवा नजिक पुगेका छन्। उनी सरुवा प्रक्रियामा रहेको र यसलाई सातापछि ल्याइने उनका एजेन्टले बताए।

नेयमरका सहकर्मी लियोनल मेसीले सामाजिक सन्जालमा ब्राजिलियन खेलाडीलाई बिदाईको सन्देश प्रवाह गरिसकेका छन्। उनका एजेन्ट वाग्नर रिबेइरोले स्पेनिस रेडियोलाई बार्सिलोनाले तोकेको मूल्य पीएसजीले लगाउने र उनका ग्राहक (नेयमर) ले सम्झौता टुंग्याउने प्रक्रियामा रहेको बताए।

‘पीएसजी नेयमर सरुवाका लागि तोकिएको २२ करोड २० लाख युरो तिर्न आज गइरहेको छ। त्यसैले उनलाई सप्ताहन्तमा प्रस्तुत गरिनेछ,’ रिबेइरोले भने, ‘उनीहरू (नेयमर र उनका पिता) अहिले आकाशमा छन्।’ नेयमरको सरुवा नजिकिँदै गर्दा केही दिनयता तनाव देखिएको छ। बार्सिलोनाले बुधबार विज्ञप्तिमार्फत् २५ वर्षीय नेयमरले क्लब छाड्न चाहेको भन्दै स्थानान्तरण रकम तोकेपछि बुधबार सहज भएको थियो।

‘खेलाडी नेयमर जुनियर, उनका पिता र एजेन्टले बार्सिलोना छाड्ने निर्णय गरेको कार्यालयमा भएको बैठकमा सुनाएका छन्,’ बार्सिलोनाले विज्ञप्तिमा भनेको छ, ‘क्लबले उनको बहिर्गमन मूल्य २२ करोड २० लाख युरो सिफारिस गरेको छ।’ यसअघि नेयमरले प्रशिक्षणमा आफू पीएसजी जान लागेको सहकर्मीहरूलाई बताएका थिए। लगत्तै उनले प्रशिक्षण छाडेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेसी र लुइस स्वारेजसँगै खेलेका उनले चार वर्ष क्याटलन क्लबमा बिताए। उनले अक्टोबरमा स्थानान्तरण रकम वृद्धि गर्दै सन् २०२१ सम्मको नयाँ सम्झौता गरेका थिए।

मिडिया स्रोतअनुसार नेयमरले ६ वर्षे सम्झौतालाई साताको ४ लाख ५० हजार युरो तलबका लागि मोलमोलाई गरिरहेका छन्। नेयमर चीनबाट मंगलबारमात्र स्पेन आएका हुन्। उनलाई बार्सिलोनाले ५ करोड ७१ लाख युरोमा २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट भित्र्याएको थियो। तर पछि स्थानान्तरण रकम १० करोड युरोनजिक पुगेको रहस्योद्घाटन भएको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com