प्रहरी सहायक निरीक्षकको हत्याका आरोपीले गरे आत्मसमर्पण


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

– हरिहरसिंह राठौर

श्रावण १८, २०७४-

गत बिहीबार खनियावासको  दार्खास्थित प्रहरी चौकीमा कार्यरत असई बीरुबहादुर  गुरुङको हत्या गरी फरार भएका शान्तलाल भनिने सुशील गुरुङले बुधबार  प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
गत बिहीबार मध्यरातमा आफू कार्यरत छिमेकीगाउँ मार्पाकदेखि घर आउँदा मृतक असई र श्रीमती तारालाई कोठामा आपत्तीजनक अवस्थामा फेला पारेपछि आवेशमा  आएर २ मुक्का हानेर ढोका थुन्ने बाँसको आग्लोले प्रहार गरेपछि असई  भागेको बयान दिएका छन्  । असईभन्दा श्रीमती अगाडि भागेको र पछि असई भागे पनि खोज्दा फेला नपरी भोलीपल्ट मृत अवस्थामा फेला परेपछि आफू गाउँबाट भागेर मार्पाकमै  पुगेको उनले बताएका छन् ।
सुशीलले आफू सम्वद्ध राजनीतिक दल मार्फत आत्मसमर्पण गरेका हुन् । घटना लगत्तै जिल्ला प्रहरीको टोली दार्खा पुगेर अनसन्धान गरी श्रीमती तारा थापामगरलाई गत शुक्रबार नै हिरासतमा लिइसकेको छ ।
आत्मसमर्पण पछि प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजीयार थारुले स्वतन्त्र र निस्पक्ष रुपले छानबिन गरी  मुद्दा अघि बढाइने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com