गायक, संगीतकार राइमनद्वारा आत्महत्या


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

– प्रदीप मेन्याङ्बो

श्रावण १८, २०७४- ‘भाग्यमा नै थिएन होला शायद हाम्रो मिलन’गाएर निकै चर्चित भएका गायक, संगीतकार राइमन राईले आत्महत्या गरेका छन् । अविवाहित उनी धरान–११ सिर्जनाचोकस्थित आफ्नो फुपुको घरमा बस्दै आएकोमा मंगलबार राति १ बजे ढोका थुनेर झुन्डिएको अवस्थामा आफन्तले देखेपछि प्रहरीलाई बोलाइएको थियो । ३८ वर्षीय राईले पाँच दर्जन गीतमा संगीत गरेका छन् । उनले करिब डेढ दशकदेखि गाउँदै, संगीत भर्दै आएका थिए । उनका ‘मनन’ र ‘मिक्स’ एल्बम छन् । करिब एक दर्जन गीतहरुको म्यूजिक भिडियो बनाएका छन् । उनका पुर्ख्यौली घर भोजपुर हो ।

स्थानीय स्कुलमा अस्थायी शिक्षकको रुपमा शिक्षण समेत गर्दै आएका थिए । किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका पूर्वअध्यक्ष समेत रहेका राईका भाग्यमा नै थिएन, भाइटीकामा भेट्न आउँदा, मेरो एउटा मुटु थियो चोरी लग्यो लगायत गीत छन् । गायन र संगीतमै जीवन बिताउने भन्दै आएका राईले नयाँ एल्बमको तयारी समेत गरिरहेका थिए ।

उनका नजिकका साथी समेत रहेका किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका अध्यक्ष महेन्द्र राईका अनुसार कलाकार राई मानसिक रोगबाट पीडित थिए । उनले आफ्ना साथीहरुलाई ‘मलाई कसैले मार्नका लागि पच्छ्याउँदै छ’ भनेर बारम्बार भन्ने गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको मानसिक अवस्था नाजुक हुँदै गएपछि साथीहरुले ‘अस्पतालमा गएर मानसिक रोगको उपचार गर्न कर गर्दा आफूलाई केही नभएको’ जिद्दी गर्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीहाउसमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com