मुटुमा समस्या देखिएपछि पूर्वराजा नर्भिकमा भर्ना, केही दिन अस्पतालमै रहने


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

श्रावण ४, २०७४- पूर्वराजा ज्ञानेन्द्र शाह केही दिन अस्पतालमै रहने भएका छन् । मुटुमा समस्या देखिएपछि उपचारका लागि बुधबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका शाहलाई केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयले विज्ञप्ति निकालेर पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा एउटा नसामा अवरुद्ध देखिएको र त्यसको एन्जियोप्लाष्टी गरिएको जनाएका छन् । पूर्वराजा शाहको उपचारमा नर्भिकका मुटुरोग विशेषज्ञ डा.यादव भट्ट संलग्न छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com