भारत–चीन तनाव : कुटनीतिक समाधान खोज्ने प्रयास भईरहेको भारतीय विदेश सचिवको भनाई


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

– कमलदेव भट्टराई

श्रावण ४, २०७४- भारत–चीन–भुटान त्रिदेशीय सिमानामा विगत एक महिनादेखि जारी तनावलाई कम गर्न कुटनीतिक तहमा प्रयास भईरहेको भारतले जनाएको छ । यद्यपी चीनले भने सडक निर्माण क्षेत्रमा प्रवेश गरेका भारतीय सैनिकहरु तत्काल फिर्ता हुनुपर्ने अडान दोहोर्याएको छ । भारतले भने जस्तो कुटनीतिक तहमा भएको वार्ताबारे चीनले केही पनि भनेको छैन ।

भारतीय विदेश सचिव एस जयसंकरले मंगलबार संसदको विदेश मामिला समितिमा बोल्दै दुवै देशका कुटनीतिज्ञहरुले तनाव कम गर्न काम गरिरहेको जानकारी दिएका हुन् । उनले कमाण्डर तहमा र विशेष प्रतिनिधि तहमा कुराकानी भईरहेको जानकारी सभासद्हरुलाई गराए ।

यस अगाडी भारत सरकारले चीनसंगको तनावको वारेमा विपक्षी राजनीतिक दलहरुलाई जानकारी गराएको थियो । विपक्षी इन्डियन नेसनल कङग्रेसका नेता शशी थरुरको नेतृत्वमा रहेको सो समितिमा एस जयसंकरले चीनसंगको तनावको बारेमा विस्तृतमा जानकारी गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेश सचिवले सिमाना रहेको तनाव थप नविग्रने जानकारी पनि सभासदहरुलाई जानकारी गराउँदै चीनको सवालमा भारत सरकारको धारणामा विगत ७० वर्षदेखि कुनै पनि परिवर्तन नआएको समेत दावी गरेका छन् ।

उनले अबस्थालाई शान्त पार्ने काम भईरहेको जानकारी समेत दिएका छन् । भारतीय टेलिभिजन च्यानलहरुले तथ्यलाई वढाई चढाई गरेर प्रस्तुत गरेको समेत जानकारी गराए । उनले चीनसंगको सम्वन्ध वाहिर मिडियामा आएको जस्तो नभएको समेत दावी गरे ।

‘विगतको तुलनामा चीन यस पटक अस्वभाविक रुपले वढी आक्रामक भएको छ । तर, परिस्थिति विग्रेको छैन,’ उनलाई उदृत गर्दै भारतीय अखबारहरुले लेखेका छन् ।

विपक्षी कंग्रेसका नेता करण सिंहले किन सरकारले भारतमा रहेका कुटनीतिक मिसनहरुलाई यस विषयमा जानकारी नगराएको भनी सोधेका थिए । त्यसको प्रत्युत्तरमा शंकरले भनेका छन्,‘चीनसंगको द्वन्द्वको विषयमा सरकार अन्य मुलुकलाई संलग्न गराउन चाहँदैन ।’ केही दिन अगाडी चीनले भने विदेशी राजदुतहरुलाई सो तनावको बारेमा व्रिफिङ गरेको थियो । सभासदहरुले चीनले पछिल्लो समय भारतको भुटानसंगको विशेष सम्वन्धलाई परिक्षण गरेको समेत धारण राखेका थिए ।

उता चीनले भने भारतले  आफ्ना सेनालाई फिर्ता वोलाउनु पर्ने अडान राखेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले परिस्थितिलाई थप विग्रन नदिनको लागि भारतले आफ्ना सेनालाई फिर्ता बोलाउनु पर्ने वताएका हुन् । चीनले भारतसंगको सार्थक वार्ताको लागि पहिला सैनिक फिर्ता हुनुपर्ने अडान राखिरहेको छ ।

भारतका केही सभासदहरुले भने भारतको अमेरिका तथा जापानसंग वढ्दो सम्वन्धका कारण चीनसंगको सम्वन्धमा समस्या उत्पन्न भएको हो कि भनी प्रश्न गरेका थिए । सो वैठकले सरकारले पनि समस्याको सैन्य होइन कुटनीतिक समाधान खोजेको र अन्य राजनीतिक दलको पनि त्यही धारणा रहेको निष्कर्ष निकालेको थियो ।

सो समितिका सदस्यहरुले नेपाललगायत श्रीलंका तथा अन्य मुलुकमा बढेको चीनको प्रभावको बारेमा समेत प्रश्न गरेका थिए । त्यसको प्रत्युत्तरमा विदेश सचिव एस जयसंकरले परिवर्तित विश्वमा चीनको प्रभाव वढ्दै गएपनि भारतले आफ्नो राष्ट्रिय स्वार्थ जोगाउन सक्ने जति सबै गरिरहेको जानकारी सांसदहरुलाई गराएको भारतीय संचारमाध्यमहरुले वताएका छन् ।्

सांसदहरुले किन चीनले भारतले छिमेकी मुलुकहरुमा प्रभाव जमाईरहेको छ भनी प्रश्न समेत गरेका थिए । पछिल्लो समयमा नेपाललगायत भारतका छिमेकी मुलुकहरुमा चीनको वढ्दो प्रभावको वारेमा भारतको राजनीतिक वृत्तमा निकै चासो देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com